दैनिक एक मुठी भिजाएको चना खाँदा पाँच फाइदा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

अङ्कुरित अनाजको सेवन स्वास्थ्यको लागि सधैं लाभदायक मानिन्छ । यी अङ्कुरित अनाजमध्ये भिजाएको चना ऊर्जाको उत्तम स्रोत हो र यसले धेरै साना–ठूला रोगहरूबाट बचाएर रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिजाएको चनाका पाँच महत्वपूर्ण फाइदाहरूबारे जानौं ।

रगत बढाउन

शरीरमा रगतको कमी भएमा भिजाएको चना यो समस्यासँग लड्न निकै प्रभावकारी साबित हुन्छ । फलाम प्रचुर मात्रामा हुने भएकोले शरीरले रगतको कमी जस्ता समस्या कहिल्यै सामना गर्दैन । गर्भवती महिला, एनिमियाका बिरामी, ४० वर्ष नाघेका महिलालाई हेमोग्लोबिन बढाउन भिजाएको चना खानामा समावेश गर्न सल्लाह दिइन्छ ।

कसरतभन्दा पहिले ऊर्जाको लागि

बिहान कसरत गर्नुअघि भिजाएको चना खानुका धेरै फाइदा छन् । भिजाएको चना जटिल कार्बोहाइड्रेटको ठूलो स्रोत हो, जसले शरीरमा निरन्तर ऊर्जा कायम राख्छ । यसले तपाईंको बिहानको कसरतको समयमा ऊर्जा प्रदान गर्न र दिनभरि राम्रो ऊर्जाका स्तरहरू कायम राख्न मदत गर्न सक्छ । जटिल कार्बोहाइड्रेट बिस्तारै पच्छ, यसले रगतमा चिनीको स्तर नियन्त्रण गर्न र इन्सुलिन स्पाइकलाई रोक्न पनि धेरै मदत गर्छ ।

वजन घटाउनको लागि

बिग्रँदै गएको जीवनशैलीमा मोटोपन एक सामान्य समस्या हो र सबैलाई तौल घटाउन टिप्स चाहिन्छ । यस्तो अवस्थामा भिजाएको चनाले धेरै मदत गर्न सक्छ । कालो चनामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, फाइबर र प्रोटिन हुन्छन् र यसले पेटलाई लामो समयसम्म भरिपूर्ण राख्छ । फलस्वरूप भोक कम लाग्छ र धेरै खाने लालसा जस्ता समस्याहरूबाट बच्न सकिन्छ । यसरी भिजाएको चना तौल घटाउन निकै उपयोगी हुन्छ ।

स्वस्थ कपालको लागि

चनामा आवश्यक भिटामिन र मिनरल्स राम्रो मात्रामा पाइन्छन्, जसले कपालको विकासमा महŒवपूर्ण भूमिका खेल्छ । यसमा पाइने जिङ्क र भिटामिन बी६ ले कपाललाई बलियो राख्छ र झर्नबाट रोक्छ । साथै कालो चनामा पाइने प्रोटिन र म्याग्निजले कपाललाई छिट्टै सेतो हुन दिंदैन ।

स्वस्थ मुटुको लागि

मुटु सधैं स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने भिजाएको चनालाई खानामा समावेश गर्नुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्ट, एन्थोसायनिन्स, साइनिडिन, डेल्फिन्डिन्स र अन्य फाइटोन्यूट्रिएन्टहरूले मुटुलाई बलियो र स्वस्थ राख्छ । यति मात्र होइन, यसमा पाइने फोलेट, म्याग्नेशियम जस्ता मिनरल्सले रगत जम्ने र एथेरोस्क्लेरोसिसको समस्याबाट बचाउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।