सूर्य नेपालद्वारा पर्सागढीका किसानलाई ह्याचरी मेशीन सहयोग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १८ भदौ/

सूर्य नेपाल प्रालि, सिमरा, बाराले पर्सा जिल्लाको पर्सागढी नगरपालिका–२ का किसान समूहलाई १५ थान ह्याचरी (चल्ला कोरल्ने) मेशीन सहयोग गरेको छ । सूर्य नेपालका भाइस प्रेसिडेन्ट (कर्पोरेट) रवि केसीले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, सुनाखरी कृषि सहकारी संस्थालगायत १५ वटा कृषि समूहलाई एक/एक थान ह्याचरी मेशीन हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि केसीले किसानहरूलाई कुखुराको चल्ला उत्पादन गर्न सहज होस् भनेर सूर्य नेपालले ह्याचरी मेशीन उपलब्ध गराएको बताए । उनले कुखुराको अन्डाबाट प्राकृतिक तरीकाले चल्ला उत्पादन गर्दा आधा नोक्सान हुने गरेको तर मेशीनबाट ९५ प्रतिशतभन्दा बढी उत्पादन हुने हुँदा किसानहरूलाई आर्थिक सहयोग मिल्ने बताए ।

उनले मेशीनबाट कुखुरासँगै हाँस, कालिज, बटईसमेतका अन्डाबाट चल्ला उत्पादन गर्न सकिने बताए ।

सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले मेशीनको प्रभावकारिता र स्थानीयको आवश्यकता अनुसार किसानहरूको जीवनस्तर उकास्न सूर्य नेपालले यसअघि पनि काम गरेको र आगामी दिनमा पनि काम गर्ने बताए ।

उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पर्सागढी नपाका किसानहरूलाई ह्याचरी मेशीन उपलब्ध गराइएको बताए ।

अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष्F जगन्नाथ तिवारीले स्वागत मन्तव्य व्यक्त गर्दै सूर्य नेपालले यसअघि विपन्न कृषकहरूलाई लक्ष्Fित गरेर कृत्रिम गर्भधारणका लागि गरेको व्यवस्थाले आर्थिक सहयोग मिलेको बताए । उनले अहिले प्राप्त मेशीनबाट पनि किसानहरूलाई फाइदा हुने बताए । सुनाखरी कृषि सहकारीका अध्यक्ष अर्जुन नेपालले ह्याचरी मेशीनबाट किसानहरूको आर्थिक स्तर उकास्न सहयोग हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।