महानगरका घरहरू मेट्रिक प्रणालीमा आधारित
प्रस, वीरगंज, १८ भदौ/ वीरगंज महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ) थालनी गरेको छ । बढ्दो शहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले यहाँकहाँ घरहरूको सहज पहिचान गराउनका लागि मेट्रिक ठेगाना प्रणालीको सुरुआत गरिएको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले महानगरलाई व्यवस्थित र स्मार्ट सिटीका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने विश्वास व्यक्त गरे […]
सूर्य नेपालद्वारा पर्सागढीका किसानलाई ह्याचरी मेशीन सहयोग
प्रस, वीरगंज, १८ भदौ/ सूर्य नेपाल प्रालि, सिमरा, बाराले पर्सा जिल्लाको पर्सागढी नगरपालिका–२ का किसान समूहलाई १५ थान ह्याचरी (चल्ला कोरल्ने) मेशीन सहयोग गरेको छ । सूर्य नेपालका भाइस प्रेसिडेन्ट (कर्पोरेट) रवि केसीले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, सुनाखरी कृषि सहकारी संस्थालगायत १५ वटा कृषि समूहलाई एक/एक थान ह्याचरी मेशीन हस्तान्तरण गरेका थिए । […]
वीरगंजका युवकको स्टार्टअप व्यवसाय : खोले कृषि फर्म, अर्गानिक तरकारीदेखि फलफूल र माछामासु उत्पादनको लक्ष्य
राधेश्याम पटेल, वीरगंज, १८ भदौ/ वीरगंजका एक युवकले अर्गानिक कृषि फर्म सञ्चालनमा ल्याएका छन् । ४३ वर्षीय जगमोहन कुशवाहा पहिले अर्काको केबलको काम हेर्थे तर अब आफ्नै स्टार्टअप व्यवसाय शुरू गरेकोमा खुशी छन् । वीरगंज–१२ मुर्ली बस्ने कुशवाहा कक्षा १२ सम्म पढेका छन् । २०५२ सालदेखि केबलको अर्काको काम गर्दै आएकोमा बजारमा छाएको मन्दीको कारण […]
चीनसँग फलदायी वार्ता भएको आइएमएफ प्रमुखको भनाइ
बेङजिङ, १८ भदौ/एएफपी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुखले सोमवार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गरेकी छन् । महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आप्,नो दृष्टिकोणमा केही सुधार गरिएको आइएमएफले जुलाईमा जानकारी गराएको थियो । विश्वको दोस्रो ठूलो […]
मधेसका मुद्दा मरेका छैनन् : अध्यक्ष ठाकुर
महोत्तरी, १८ भदौ/रासस लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले मधेसका मुद्दा जिउँदै रहेको बताएका छन् । सोमवार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापनाकालका ती मुद्दा जनतामाझ पुर्याउनुपर्ने उल्लेख गरे । “हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्,” अध्यक्ष ठाकुरले भने, “यद्यपि राज्यसत्ताबाट […]
नेपाली सेना र संसद्
विनोद गुप्ता नेपालको संसद्मा CPN UML का माननीय विमला राई पौडेल र रास्वपाका सांसद स्वर्णिम वाग्लेले नेपाली सेनाको सङ्ख्या कटौती गर्नुपर्ने खालको व्यक्तव्य निकालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी खुलेर यसको विरोधमा उत्रेको छ भने अन्य, खासगरी ठूला दलका नेताहरू चुपचाप छन् । माओवादी युद्धभन्दा पहिले ४५ हजार सङ्ख्या रहेको नेपाली सेनाको सङ्ख्या अहिले ९० हजार पुगेको […]
गाउँमा पूर्वाधार तयार गरौं
मुलुकको सत्तामा आउने हरेक सरकारले ग्रामीण विकासको मुद्दालाई प्राथमिकताका साथ उठाउने गरेको छ । राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा पनि ग्रामीण विकासको कुरा भरिभराउ हुन्छ । तर यथार्थ भने मुलुकले भोगिरहेकै छ । गाउँ नै गाउँले भरिएको हाम्रो देश । मुलुकका ७५३ स्थानीय तहमध्ये ४६० गाउँपालिका छन् । नेपालमा छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिका […]
ऋण तिर्न पत्नीको हत्या
प्रस, वीरगंज, १७ भदौ/ बारामा फाइनान्स कम्पनीको ऋण तिर्नको लागि पत्नीको हत्या गरेको आरोपमा पतिसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुर निवासी ३५ वर्षीय नाथु देवानले ३० वर्षीया पत्नी हाजरा खातुनलाई हत्या गरेको आरोपमा बारा प्रहरीले देवानसहित चारजनालाई पक्राउ गरी २६ दिनदेखि थुनामा राखी अनुसन्धान गरिरहेको बारा प्रहरी […]
२०८० भदौ १८ गते सोमवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला