द हाउस अफ वेलनेसका अनुसार यदि पाचनसम्बन्धी समस्या छ भने साँझ वा राति हिंड्दा धेरै फाइदा हुन्छ । यदि बेलुकाको खाना पछि केही समय हिंडेमा यसले पाचन प्रक्रियालाई सक्रिय बनाउन मदत गर्छ ।
बेलुकाको खानापछि हिंड्दा पेटमा ग्याँस हुने र पेट फुल्ने समस्या पनि हट्छ ।
जब दिनभरको थकाइपछि साँझको पैदल यात्रा गर्दा आराम महसूस हुन्छ । यस समयमा हिंड्दा शरीरका ती मांसपेशीहरू पनि सक्रिय हुन्छन्, जसले शरीरलाई आराम दिन मदत गर्छ । हामी दिनभरि थकित भएपनि हिंड्दा हाम्रो ऊर्जा बढ्छ र मूड पनि राम्रो हुन्छ ।
जब हामी बेलुकाको खानापछि हिंड्छौं, यसले हाम्रो निद्रामा सुधार गर्ने काम पनि गर्छ । हिंड्दा फोक्सोमा अतिरिक्त अक्सिजन आउँछ, जसको कारण हामी घर आएर सुत्न जाँदा धेरै आराम महसूस हुन्छ र निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
वुमन गाइडका अनुसार बेलुकाको खानापछि हिंड्दा हाम्रो दिमागबाट नराम्रा वा नकारात्मक विचारहरू हटेर जान्छन् र हाम्रो दिमाग सकारात्मक ऊर्जाले भरिपूर्ण महसूस हुन्छ । यसले अवसाद जस्ता समस्याबाट पनि बच्न सकिन्छ ।
साँझको पैदल यात्राले तौल पनि घटाउन सकिन्छ । यसो गर्दा शरीरमा जम्मा क्यालोरी मात्र जल्दैन, मेटाबोलिजमले पनि राम्रोसँग काम गर्न थाल्छ । अनि हाम्रो शरीरमा जम्मा रहेको अतिरिक्त बोसो जल्न थाल्छ । यसरी हामीले आफ्नो तौल घटाउन सक्छौं ।
साँझको खानापछिको हिंडाइले शरीरमा राम्रो कोलेस्ट्रोल बढाउन र खराब कोलेस्ट्रोल कम गर्ने काम पनि गर्छ । यतिमात्र होइन, यसले ब्लड प्रेसर र ब्लड सुगरलाई पनि नियन्त्रण गर्न मदत गर्छ । यसबाट मुटुरोग लाग्नबाट पनि बच्न सकिन्छ । यी सबै फाइदाहरूलाई हेर्दा हरेक दिन आफ्नोलागि केही समय निकालेर हिंड्दा स्वास्थ्यलाई धेरै फाइदा हुन सक्छ । यद्यपि स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छ भने निश्चितरूपमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।