सोफा, ओछ्यानमा जमेको धूलो जसमा ध्यान जाँदैन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बैठक कोठा होस् वा शयनकक्ष, फर्निचर घरको भित्री भागको एक महŒवपूर्ण भाग हो । थकित व्यक्तिले ओछ्यानमा सुतेपछि आराम महसूस गर्छ । ब्रेकफास्ट होस् वा डिनर, डाइनिङ टेबलले खानाको मजा दोब्बर बनाउँछ । फर्निचर एक सजावटी वस्तु मात्र होइन, भावनासँग पनि जोडिएको हुन्छ ।

घरमा राखिएका फर्निचरमा जमेको पनि धूलो पनि एलर्जीको मूल कारण हुन सक्छ । सोफा, कुर्सी वा ओछ्यान आँखाले सफा देखिए पनि तिनीहरूमा यति धेरै धूलो जम्मा हुन्छ कि यसले दमको रोग पनि निम्त्याउन सक्छ ।

सोफासहित अरू फर्निचरमा धूलो जम्मा हुन्छ, जुन हामीले देख्दैनौं । धेरैलाई यो धूलोबाट एलर्जी हुन्छ । यदि धूलोबाट नाकमा एलर्जी हुन्छ भने नाक बग्न थाल्छ र घाँटीमा समस्या भएमा दुखाइ वा खोकी आउने गर्छ । धूलोबाट एलर्जी हुने मुख्य कारण डस्ट माइटहरू हुन् । यी सूक्ष्म जीवहरू हुन्, जुन धूलोका कणहरूमा उपस्थित हुन्छन् ।

जब कुनै व्यक्ति फर्निचरमा बस्छ, उसको छालाका मृत कोशिकाहरू त्यसमा टाँसिन्छन् । कपालको चाया, शरीरको तेल, खानाका कण र घरमा घरपालुवा जनावर भएमा उनीहरूको कपाल र चाया पनि फर्निचरका गद्दा र कभरमा जम्मा हुन थाल्छन् ।

कतिपय मानिसहरू फ्लू, चीसो तथा डस्ट माइटहरूबीच भ्रमित हुन्छन् । यदि कोही घरबाहिर ठीक छ तर घरमा आउनेबित्तिकै खोक्छ वा हाच्छ्यूँ गर्न थाल्छ भने घरका फर्निचरमा भएका धूलोले एलर्जी निम्त्याएको बुझ्नुपर्छ ।

घरमा भएका सोफा, कुर्सी र गद्दा सफा तौलिया वा सुती कपडाले सफा गर्नुपर्छ । त्यसपछि ब्रशले सफा गर्नुपर्छ र बेकिंग सोडा राख्नुपर्छ । आधा घण्टापछि सफा कपडाले सफाइ गर्नुपर्छ । त्यसपछि फर्निचरहरूलाई पङ्खा चलाएर सुकाउनुपर्छ वा ड्रायरले सुकाउनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस