गर्मीले छात्रा बेहोश

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, ३ जेठ/

निचुटा माध्यमिक विद्यालयमा एकजना छात्रा बेहोश भएकी छन् ।

पटेर्वासुगौली गाउँपालिका–५  निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रविताकुमारी रौनियार बुधवार कक्षा सञ्चालन भएकै बखत बेहोश भइन् ।

कक्षाकोठामा विद्यार्थीको चाप बढी भएर अत्यधिक गर्मीका कारण छात्रा बेहोश भएकी शिक्षक देवेन्द्र साहले बताए । बेहोश छात्राको निचुटा स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । उपचारपछि छात्रा घर फर्केको वरिष्ठ अहेब प्रमोद कर्णले बताए ।

यसैगरी, हिजो पटेर्वासुगौली गापा–४ सुगौली दाप माविमा अध्ययनरत दुईजना छात्र बेहोश भएका थिए । उनीहरू पनि गर्मीकै कारण बेहोश भएका हुन् । गर्मी बढेपछि अहिले अधिकांश पालिकामा बिहानी कक्षा सञ्चालन गरिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।