इन्डो–नेपाल–बङ्गलादेश त्रिदेशीय पत्रकार सम्मेलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ जेठ/

प्रेस क्लब अफ आगरा एवं उत्तर प्रदेश जर्नलिस्ट एशोसिएशनको आयोजनामा बुधवार इन्डो–नेपाल–बङ्गलादेश त्रिदेशीय पत्रकार सम्मेलन  सम्पन्न भएको छ ।

उत्तर प्रदेशको आगरामा आयोजित सम्मेलनको उत्तर प्रदेशका कानूनमन्त्री एसपी सिंह, सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा र प्रेस क्लब अफ आगराका अध्यक्ष अशोक अग्निहोत्रीले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

उत्तर प्रदेशका कानूनमन्त्री सिंहले पत्रकारिताको धर्म सत्यतथ्य कुरालाई जनतासमक्ष ल्याउनुरहेको बताए । उनले पत्रकारिताले धर्म निर्वाह गर्दै आएकोले समाजमा परिवर्तन देखा परेको बताए ।

सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामाले दक्षिण एशियामा गत वर्ष आतङ्ककारीबाट ११ जना पत्रकार मारिएको बताए । उनले पत्रकारहरू स्वतन्त्र प्रेसको पक्षमा कार्य गर्दै आएका र यस धर्म निर्वाहबाट कहिल्यै पछि नहट्ने दाबी गरे । कोरोनाकालपछि धेरै पत्रकारको आर्थिक अवस्था दुर्बल हुँदै गएको उनले जिकिर गरे ।

सार्क जर्नलिस्ट फोरमका सचिव बङ्गलादेशका अब्दुल रहमानले सम्मेलनले त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ पार्ने बताए ।

उत्तर प्रदेशका शिक्षामन्त्री योगेन्द्र उपाध्यायले सत्ता र सामाज सुधार्नका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

पत्रकारले पस्किने समाचारका आधारमा सत्ता र समाजले आफ्नो बाटो पहिल्याउने बताए ।

आगराका पत्रकार विनोद अग्निहोत्रीले पत्रकारलाई सबैभन्दा बढी चुनौती रहेको बताए । उनले झैंझगडा, हडताल, जुलूस प्रदर्शन आदिको समाचार लिन जाने पत्रकारलाई झनै जोखिम रहेको बताए । समाचारको विषयलाई लिएर असर पर्ने तत्वहरूबाट पत्रकारहरूलाई सदैव ‘थ्रेट’ हुने गरेको बताए ।

सम्मेलनमा सहभागी वीरगंजका पत्रकार राहुल गुप्ता र बाराका पवन साहलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको सहजीकरण सार्क जर्नलिस्ट आगराका कोषाध्यक्ष विवेक जैनले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।