प्रेस युनियन, पर्साको अध्यक्षमा चौहान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २ जेठ/

नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा विजय चौहान निर्वाचित भएका छन् । सोमवार राति भएको निर्वाचनबाट उनी प्रतिद्वन्द्वी लालकिशोर सिंहलाई ५ मतले पराजित गर्दै विजयी भएका हुन् । अधिवेशनमा अध्यक्षको लागि मात्र निर्वाचन भएको थियो ।

४१ जनाले मतदान गरेको र चौहानले २३ र उनका प्रतिद्वन्द्वी सिंहले १८ मत पाएका थिए । यसैगरी उपाध्यक्षद्वयमा क्रान्ति साह, अलि असगर देवान, सचिव इरफान अली, सहसचिव आरजु देवकोटा, कोषाध्यक्ष कपिलदेवप्रसाद यादव र सदस्यहरू ओमप्रकाश चौधरी, हुकुम सिंह, नूर आलम, सञ्जय गुप्ता, राकेश चौरसिया, जङ्गबहादुर पटेललगायत निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।