मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

वेलिङ्टन, २ जेठ/सिन्हवा

न्युजिल्यान्डको डाउनटाउन वेलिङ्गटनमा रहेको चार तल्ले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौं व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।  प्रहरीले दिएको जानकारी अनुसार मङ्गलवार बिहान करीब १२ः३० बजे मध्य वेलिङ्गटनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो ।

अहिले हताहती र घाइतेको सङ्ख्या यकिन नभए पनि प्रहरीको प्रारम्भिक मूल्याङ्कन अनुसार मृत्यु हुनेको सङ्ख्या १० को आसपास रहेको छ । उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको थियो भने पाँचजनाको छतबाट उद्धार गरिएको थियो । तर  अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्ईजना गम्भीर घाइतेसहित पाँचजनालाई अस्पताल पठाइएको छ ।

बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुन सक्ने आशङ्का रहेको बताएका छन् । घटनास्थलको निरीक्षणपछि हिपकिन्सले पीडितहरू र तिनका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् । 

भवनको यस वर्षको शुरूमा निरीक्षण गर्दा सबै मापदण्ड पूरा भए पनि स्प्रिंकलर प्रणाली नभएको आवासमन्त्री मेगन वुड्सले बताएका छन् । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।