प्रस, वीरगंज, २४ वैशाख/
राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट प्रतीककर्मी गम्भीरा सहनी पुरस्कृत भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतवार राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान कार्यक्रमको आयोजना गरी प्रतीक दैनिकका बारा विशेष संवाददाता गम्भीरा सहनीलाई पुरस्कृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नगद रु एक लाख नगद राशि तथा ताम्रपत्रसहित पत्रकार सहनीलाई सम्मान गरेकी हुन् ।
निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन गर्दै जनतालाई सुसूचित गराउने कार्यमा सहनीले पुर्याएको योगदानको कदरस्वरूप पुरस्कृत गरिएको हो ।