सानैदेखि हामीले सुन्दै आएका छौं कि तामा (कपर)को बोतलमा पानी पिउँदा थुप्रै स्वास्थ्यलाभ पाउँछौं । तामाको भाँडामा पानी पिउँदा पेटको स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । आयुर्वेदको अनुसार तामाको प्रयोग काटिएको र टाउको दुखाइको उपचारमा निकै फाइदाजनक हुन्छ । यस धातुमा राखिएको पानी नियमितरूपमा पिउनाले शरीरले निकै ऊर्जावान् महसूस गर्छ । साथै यसले शरीरबाट विषाक्त पदार्थ पनि बाहिर निकाल्छ । तर यस धातुबाट बनेको बोतलमा पानी पिउँदा गर्मीमा भन्दा जाडोमा निकै लाभकारी हुन्छ । किनभने गर्मीमा मानिस पानी चीसो गर्नको लागि तामाको बोतललाई फ्रिजमा राख्छन् । त्यसपछि उनीहरू त्यो पानी पिउँछन् । यस्तो गर्दा स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।
बिएचयूका आयुर्वेदाचार्य डा अजय यादव यसबारेमा भन्छन्– तामाको भाँडामा एन्टिब्याक्टेरियल गुण पाइन्छ । यस धातुको भाँडामा धेरै समयसम्म पानी राख्नाले त्यसमा रहेको ब्याक्टेरिया नष्ट हुन्छ । त्यसपछि हामी त्यस पानीलाई पिउँछौं, जसले हाम्रो स्वास्थ्यमा लाभ पुर्याउँछ । तर गर्मी मौसममा तामाको बोतलमा पानी भरेर फ्रिजमा राख्नुहुँदैन । यस्तो गर्नाले भाँडामा हुने एन्टिब्याक्टेरियल गुण निस्क्रिय हुन्छ, जसले गर्दा हामी त्यस पानीलाई पिउँदा स्वास्थ्यमा नोक्सान हुन सक्छ ।
तामा धातुको प्रकृति गरम हुन्छ, यसैले यसमा राखिएको पानी गर्मीको तुलनामा जाडोमा बढी फाइदा पुर्याउँछ । तामाको बोतलको पानीलाई कोठाको तापक्रम अनुसार नै पिउनुपर्छ । तामाको पानी दिनमा दुई/तीन गिलासभन्दा बढी पिउनुहुँदैन किनभने यसको प्रकृति निकै गर्मी हुन्छ र स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्छ । तामाको भाँडा वा बोतललाई फ्रिजमा चार/पाँच दिनसम्म राख्दा त्यसबाट अत्यधिक तामाको रिसाव हुन सक्दैन । त्यसैगरी, स्टील, तामा, माटो र प्लास्टिकका कुनै पनि सामग्रीमा पानी जम्मा गरेर राख्नु सदैव हानिकारक हुन्छ । माटोको घैंटामा पानीलाई धेरै समयसम्म जम्मा गर्नाले त्यसमा कीटाणु, जीवाणु स्वतः विकसित हुन्छ । आयुर्वेदमा कोठाको तापक्रम अनुसार नै पानीलाई भण्डारण गरेर राख्नुपर्छ । फ्रिजमा तामा, स्टील वा प्लास्टिकको बोतलमा राखिएको चीसो पानीले स्वास्थ्यलाई बिगार्न सक्छ ।