चिकित्सकले वेन अफ गैलेन मालफार्मेशन (विओजिएम) नामक दुर्लभ स्थितिको उपचार गर्न गर्भमा हुर्किरहेको बच्चाको मस्तिष्कको शल्यक्रिया गरेका छन् । विओजिएम रक्तवाहिकासँग सम्बन्धित एउटा असामान्यता हो । रिपोर्ट अनुसार यो समस्या तब हुन्छ, जब दिमागको धमनी सीधा नसासँग जोडिन्छ । यसको कारण रक्तको प्रवाह असामान्य हुन्छ र नवजात शिशुको कन्जेस्टिभ हार्ट फेल्योर हुन सक्छ साथै हृदयबाट फोक्सोसम्म धमनीमा रक्तचाप बढ्न सक्छ ।
यो शल्यक्रिया अमेरिकाको बोस्टन चिल्डे«न्स हस्पिटल र ब्रिघम एन्ड विमेन्स हस्पिटलका सर्जनहरूले गरेका थिए । शल्यक्रियाको लागि एम्बोलाइजेशन नामक सर्जिकल प्रविधिको प्रयोग गरिएको थियो । स्ट्रोक पत्रिकामा शल्यक्रियासँग सम्बन्धित विवरण प्रकाशित गरिएको छ र भनिएको छ– शल्यक्रिया सफल रह्यो र असामान्यता ठीक भयो । साइन्स अलर्टको रिपोर्ट अनुसार बच्चाको जन्म शल्यक्रियापछि भयो र उसको अवस्था ठीक छ, कुनै औषधि लिइरहेको छैन । उसको डाइट सामान्य र वजन पनि बढिरहेको छ । बच्चा घर फर्किसकेको छ । उसको दिमागमा शल्यक्रियापछि कुनै नकारात्मक सङ्केत छैन ।
विओजिएम नामक असामान्यताले ६० हजारमध्ये एकजनालाई प्रभावित गर्छ । जब रक्तप्रवाह असामान्य हुन्छ, तब मस्तिष्कको धमनी कोशिकाको सट्टा सीधैं नसासँग जोडिन्छ । यस कारणले बच्चाको जन्मपछि उसमा कैयौं प्रकारका हानिकारक प्रभाव देखिन्छन् । चिकित्सकको भनाइ छ, यस स्थितिमा कैयौं हानिकारक प्रभाव देख्न सकिन्छ । यस स्थितिबाट प्रभावित ५० देखि ६० प्रतिशत बच्चा जन्मेपछि तुरुन्तै रोगी हुन्छन् र मृत्युदर पनि ४० प्रतिशत छ ।
शल्यक्रिया त्यति बेला गरिएको थियो, जब भ्रूणको उमेर ३४ साताभन्दा बढी थियो । चिकित्सकद्वारा उपयोग गरिने एम्बोलिजेशन नामक प्रविधिमा विशेष सामग्रीलाई नसामा राखियो, जस्तै क्लोटिङ एजेन्ट । यसले रक्त जम्नमा मदत गर्छ र यसलाई बग्नबाट रोक्छ । शल्यक्रियाको कारण बच्चाको जन्म समयभन्दा पहिले भएको थियो । जन्मपछि उसको दिमाग र मुटु ठीक ढङ्गले काम गरिरहेको छ । बच्चा समयभन्दा पहिले जन्मिएकोले उसलाई केही साताको लागि एनआइसियूमा राखिएको थियो ।