शिवचन्द्रको गढमा मतगणना हुँदा तीन हजार तल मतान्तर, १२ हजार मत गणना गर्न बाँकी
राधेश्याम पटेल, वीरगंज, १२ वैशाख/ वैशाख १० गते भएको तीन जिल्लाको उपचुनावको नतीजामध्ये दुईवटा जिल्लाको नतीजा आइसकेको छ भने बारा २ को नतीजा आउन बाँकी छ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले र चितवन २ मा सोही पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजय भएका छन् भने बारा २ मा जसपा […]
२०८० वैशाख १३ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्।
ग्यावियन स्परको काम समयमा सम्पन्न गर्न निर्देशन
प्रस, रौतहट, १२ वैशाख/ भौतिक पूर्वाधार सिंचाइ विकास मन्त्रालयको आर्थिक सहयोगमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गौरको सहयोगमा निर्माण भइरहेको ग्यावियन स्पर निर्माण कार्य एक साताभित्र सम्पन्न गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गौरका प्रमुख सुमनकुमार झाले निर्देशन दिएका छन् । गौर नगरपालिका–६ सबगढाका लालबकैया नदीको ग्यावियन स्पर निर्माण कार्यको मङ्गलवार स्थलगत निरीक्षण गर्दै जलस्रोत […]
अपहरणकाण्डमा दुईजना पक्राउ
प्रस, रौतहट, १२ वैशाख/ जिल्ला प्रहरी कार्यालय, रौतहटले अपहरणकाण्डमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । वैशाख १० गते बिहान ५ गते सर्लाहीको बलरा नगरपालिका–३, सीमाबाट रौतहट जिल्ला माधवनारायण नगरपालिका–६ माधवपुर बस्ने २३ वर्षीय मन्त्रीबाबू राय र राजदेवी नगरपालिका मोहनपुर बस्ने २१ वर्षीय राजाबाबू पटेललाई पक्राउ गरिएको जिप्रका, रौतहटले जनाएको छ । दुईजनासहित ८/९ जनाको टोलीले […]
पाकिस्तानको प्रतिआतङ्कवाद कार्यालयमा विस्फोटः १२ जनाको मृत्यु
इस्लामाबाद, १२ वैशाख/ एएफपी उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआतङ्कवाद कार्यालयमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विस्फोटमा परी चालीसजनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । विस्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको सरकारी अधिकारीहरूले […]
तीन चिज बढी खाँदा बुढेसकालमा हड्डी भाँचिन्छ
हाम्रो शरीरको सम्पूर्ण आधार हड्डीहरूमा मात्र टिक्छ । हड्डी कमजोर भएमा कुनै पनि काम राम्ररी गर्न गा¥हो हुन्छ । हड्डीको वृद्धि सामान्यतया २० वर्षको उमेरपछि रोकिन्छ । यसपछि हड्डीबाट पोषक तत्वको चुहावट हुँदैन, यसका लागि पौष्टिक आहार आवश्यक हुन्छ । क्याल्सियम, भिटामिन ‘डी’ हड्डीलाई बलियो बनाउनका लागि धेरै महत्वपूर्ण तत्वहरू हुन् । तर यदि हाम्रो […]
कागती निचोरेर बोक्रा फोहोरमा नफालौं
हामी सबैलाई कागतीका फाइदाहरू थाहा छ । यो छाला, कपाल र हाम्रो पेटको स्वास्थ्यको लागि धेरै उपयोगी छ । यसको रस जतिसुकै अमिलो लागे पनि यो औषधिभन्दा कम छैन । जब हामी यसलाई निचोड्छौं, हामी प्रायः यसको बोक्रालाई बेकारको रूपमा डस्टबिनमा फालिदिन्छौं, तर एकपटक हामीले यसका फाइदाहरू थाहा पाएमा हामीले फ्याल्ने गलती फेरि गर्दैनौं । […]
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?
काठमाडौं, १२ वैशाख/रासस सोमवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इन्जिनमा खराबी देखियो । विमानस्थलबाट उडान भरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोइङ ७३७–८००’ जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमानचालक (पाइलट)ले जहाजलाई धादिड्ढो धार्केमाथिको आकाशमा करीब २१ हजार फिट उचाइमा झन्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) […]
उपनिर्वाचन र राष्ट्रिय राजनीति
विनोद गुप्ता मधेसवादी दल भनेर चिनिने जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी गरी तीनवटै दल १० वा अब भनौं ११ दलीय गठबन्धनको हिस्साको रूपमा रहेका छन् । राष्ट्रपतिको निर्वाचनसम्म १० दलको रूपमा एकबद्ध भई यिनले नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गरे । तर त्यहाँबाट उपराष्ट्रपतिको […]
अब त चेत खुल्नुपर्छ
जल, जमीन, जङ्गल र जडीबुटी नेपालका मौलिक चिनारी हुन् । उक्त चार क्षेत्रमध्ये अन्य तीन क्षेत्रसँग चौथो पक्ष जडीबुटीको नङ–मासुझैं सम्बन्ध छ । देशको कुल भूभागको ४० दशमलव चार प्रतिशत वन र चार दशमलव चार प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल क्षेत्रको ४४ दशमलव सात प्रतिशत क्षेत्र वनले ओगटेको छ । जडीबुटी उन्पादनका लागि […]