सुपको पानी स्वास्थ्यको खजाना

आजको जीवनशैली र खानपानका कारण हरेक व्यक्तिले धेरै शारीरिक समस्याको सामना गर्नुपरिरहेको छ, जसबाट बच्न खानपानमा सुधार गरी आहारमा यस्ता कुरा समावेश गर्न जरुरी छ, जसले मोटोपन घटाउनुका साथै स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

हामी यसका लागि सुपको पानी छनोट गर्न सक्छौं । शरीरलाई तन्दुरुस्त र ऊर्जावान् बनाउन सुपको पानी निकै प्रभावकारी हुन्छ । सुप जुनसुकै रूपमा खाए पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । सुपको पानीले हाम्रो स्वास्थ्यलाई कसरी फाइदा पु¥याउँछ र यसलाई कसरी बनाउने र कहिले पिउने भन्नेबारेमा जानौं…

पाचनको लागि लाभदायक

पाचनसम्बन्धी समस्या भएका मानिसहरूले सुपको पानी सेवनबाट धेरै फाइदा लिन सक्छन् । दिनहुँ सुपको पानी पिउनाले ग्यास्ट्रिक इन्जाइमलाई बढाउँछ । सुपले पाचनसम्बन्धी सबै समस्यालाई टाढा राख्छ । कब्जियत, अपच, पेट फुल्ने र सुन्निने समस्या भएका मानिसहरूका लागि यो उत्कृष्ट छ ।

वजन घटाउन लाभदायक

सुपलाई रातभरि पानीमा भिजाएर राख्नुभयो भने सुपमा पाइने पौष्टिक तत्वको मात्रा बढ्छ र बिहान खाली पेटमा यो पानी सेवन गर्दा यसले तौल घटाउन मदत गर्छ । फाइबर प्रचुर मात्रामा पाइने सुपले पाचन प्रणालीलाई राम्रो बनाउँछ । सुपको पानी पिउनाले सन्तुष्टि मिल्छ र पेट भरिएको महसूस हुन्छ ।

शरीर डिटक्स

सुपको पानीले एक किसिमले डिटोक्सिफायरको काम गर्छ । खाना खाइसकेपछि सुपको पानी पिउने हो भने यसले पाचन प्रक्रियामा मदत गर्छ । सुपको पानी पिउनाले शरीरलाई डिटोक्स गर्छ । यसले ग्याँस, कब्जियत, पेट दुख्ने समस्यालाई हटाउँछ ।

कोलेस्ट्रोल स्तर नियन्त्रण

सुपको पानीले शरीरमा कोलेस्ट्रोलको स्तर सन्तुलित राख्छ । यसको दैनिक सेवनले शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

महीनावारीको दुखाइमा राहत

सुपको पानी वा चिया पिउनाले महिलाहरूलाई महीनावारीको समयमा हुने दुखाइ कम गर्न मदत गर्छ । यसले महीनावारीका लक्षणहरूसँग सामना गर्न पनि मदत गर्छ । यसका साथै समयमैं महीनावारी नहुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । यसले महिलाहरूलाई महीनावारीको समयमा गम्भीर क्र्याम्पबाट बच्न मदत गर्छ र रक्तप्रवाहलाई सामान्य बनाउँछ ।

रगतमा चिनी नियन्त्रणमा रहन्छ

सुपलाई पानीमा उमालेर खाँदा मधुमेहको जोखिम कम गर्न र ब्लड सुगरलाई नियन्त्रणमा राख्न निकै मदत मिल्छ । अध्ययनले यो पनि फेला पारेको छ कि सुपको चिया, यसको पानी वा चपाउँदा ब्लड सुगरलाई सीधैं नियन्त्रणमा राख्छ ।

शरीरमा हाइड्रेशन बढाउन

पर्याप्त पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु धेरै महत्वपूर्ण छ, किनकि डिहाइड्रेशनले बान्ता, पखाला, चक्कर लाग्ने र अन्य धेरै समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा सुपको पानी पिउनाले शरीरमा हाइड्रेशन बढाउन मदत गर्छ । यसले थकान हटाउँछ, पाचन सुधार गर्छ र हामीलाई ऊर्जावान् राख्छ ।

सुपको पानी कसरी बनाउने ?

यो पेय बनाउनको लागि एउटा जगमा दुई गिलास पानी हाल्नुहोस् र त्यसमा एक चम्चा सुप भिजाउनुहोस् । यसमा आधा चम्चा बेसार पनि हाल्न सक्नुहुन्छ र यसलाई राम्ररी मिलाउनुहोस् । यसलाई रातभरि भिजाउन दिनुहोस् । भोलिपल्ट बिहान एक गिलास सुपको पानी उमालेर छानेर खाली पेटमा पिउनुहोस् ।

सुपको पानी कहिले पिउने ?

सुपको पानीलाई दिनभरि चुस्की लिएर पनि पिउन सकिन्छ । तर यदि कसैलाई दिनभरि यो पिउन मन लाग्दैन भने राति सुत्नुअघि सुपको पानी पिउन सकिन्छ । यसले मांसपेशीहरूलाई आराम दिन्छ, पाचन सुधार गर्दछ र निद्रामा मदत गर्छ । यसबाहेक रातभरि पानीमा सुप भिजाएर बिहान पिउन सकिन्छ ।