विद्यार्थी सङ्गठनद्वारा क्याम्पसमा तालाबन्दी, नाराबाजी, ठाराब क्याम्पसको स्ववियु निर्वाचन समयमा हुनेमा अन्योल

प्रस, वीरगंज, ३० फागुन/ ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर दैनिक विवाद बढ्दो छ । यही चैत ५ गते देशभरिका क्याम्पसमा स्ववियु निर्वाचनको मिति तय भएपछि पछिल्लो विकसित घटनाक्रमपछि ठाकुर राम बहुमुखी क्याम्पसको निर्वाचन  समितिले हिजो मात्रै तीन दिन म्याद बढाएको थियो । चैत ८ गते घोषित  निर्वाचन पनि मङ्गलवार विकसित घटनाक्रमले अन्योलमा पर्ने […]

पर्साको वनमा डढेलोको समस्या, हेरालु राखिंदै

बलिराम शुक्ल, बिरुवागुठी, ३० फागुन/ वसन्त ऋतु तथा गर्मी मौसम शुरू भएसँगै पर्साको राष्ट्रिय वनमा डढेलो लाग्न शुरू भएको छ । केही दिनदेखि राष्ट्रिय वन क्षेत्र अन्तर्गतको सोलखपुर, सबैया, बडनिहार, रङ्गपुरलगायतका सबडिभिजन वन कार्यालय अन्तर्गतका क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ । वनमा गोठालो जानेहरूले लाइटर, सलाई लिएर जाने र चुरोट, बिडी सेवन गरी जथाभावी […]

नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा निकासी कार्यसम्बन्धी छलफल

प्रस, निजगढ, ३० फागुन/ निजगढ नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा निकासी कार्यसम्बन्धी मङ्गलवार अन्तक्र्रिया भएको छ । निजगढ नपाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले राय, सल्लाह, सुझाव दिएका थिए । निजगढ नगरपालिकाले नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को ठेक्काका लागि दुईपटक सूचना आह्वान गरे पनि खोला ठेक्का लाग्न नसकेपछि राजस्व गुम्न सक्ने चुनौतीलाई ध्यानमा राख्दै राजस्व […]

वीउवासङ्घको पहिलो बैठकबाट पदाधिकारी चयन, अध्यक्ष अनिल पटवारी, प्रथम उपाध्यक्ष हरि गौतम

प्रस, वीरगंज, ३० फागुन/ वीरगंज उद्योग वाणिज्य सङ्घको कार्यकारिणी सदस्यहरूको मङ्गलवार बसेको पहिलो बैठकले अध्यक्षसहित पदाधिकारीहरूको चयन गरेको छ । सङ्घको ४७औं साधारणसभाले ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । हिजो हुने भनिएको निर्वाचन सोअघि नै सर्वसम्मत भएपछि आज कार्यकारिणी सदस्यहरूको बैठक बसेको हो । विधानतः सङ्घको पहिलो बैठकले अध्यक्षसहितको पदाधिकारी चयन गर्ने व्यवस्था […]

छाडा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्ध खोप

प्रस, वीरगंज, ३० फागुन/ वीरगंज महानगरपालिकाले महानगरमा रहेका छाडा कुकुरको  बन्ध्याकरण गरी तथा रेबिजविरुद्धको खोप दिने कार्य शुरू गरेको छ ।  वीरगंजमा छाडा कुकुरहरू बढेसँगै महानगरले पहिलोचोटि रेबिजविरुद्धको खोपसहित बन्ध्याकरण गर्न शुरू गरेको हो । नगरप्रमुख राजेशमान सिंहले बढ्दो छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको बताए । महानगरका छाडा कुकुरलाई सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण […]

प्रतियोगिताले सम्बन्ध मजबूत बनाउँछ –नगरप्रमुख सिंह

प्रस, वीरगंज, ३० फागुन/ आदर्शनगर रङ्गशालामा मङ्गलवारदेखि नेपाल–भारत मैत्री महिला, पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ । वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको उद्घाटन गर्दै नेपाल–भारतबीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अनुशासित भएर प्रतियोगिता सम्पन्न गर्न खेलाडीहरूलाई आग्रह गरे । खेलमा हारजित सामान्य प्रक्रिया भएको र यसैलाई लिएर […]

प्राधिकरण प्रमुख यादवको हृदयघातबाट निधन

प्रस, वीरगंज, ३० फागुन/ नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमोद यादवको मङ्गलवार हृदयघातबाट मृत्यु भएको छ । करीब ४० वर्षीय यादव आज बिहान ब्याडमिन्टन खेल्ने क्रममा हृदयघातको शिकार भएका र उनलाई उपचारको लागि तराई अस्पतालमा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज पुर्याउने क्रममा बाटोमैं मृत्यु भएको हो । प्रमुख यादव नेपाल विद्युत् प्राधिकरण […]

विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो

बेइजिङ, ३० फागुन/एएफपी चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधवारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महीनाअघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ । चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स […]

सुपको पानी स्वास्थ्यको खजाना

आजको जीवनशैली र खानपानका कारण हरेक व्यक्तिले धेरै शारीरिक समस्याको सामना गर्नुपरिरहेको छ, जसबाट बच्न खानपानमा सुधार गरी आहारमा यस्ता कुरा समावेश गर्न जरुरी छ, जसले मोटोपन घटाउनुका साथै स्वास्थ्यमा पनि फाइदा पुग्छ । हामी यसका लागि सुपको पानी छनोट गर्न सक्छौं । शरीरलाई तन्दुरुस्त र ऊर्जावान् बनाउन सुपको पानी निकै प्रभावकारी हुन्छ । सुप […]