प्रस, वीरगंज, ८ फागुन/
यातायात व्यवस्था कार्यालय, नारायणी लाइसेन्स फाँटमा स्वास्थ्य परीक्ष्Fण गर्ने डा राज पटेलमाथि सोमवार बिचौलियाहरूले दुव्र्यवहार गरेका छन् ।
यस वर्षदेखि उनले चालक अनुमतिपत्र लिन चाहने सेवाग्राहीहरूलाई निश्शुल्क निरोगिताको प्रमाणपत्र प्रदान गर्ने यातायात व्यवस्था कार्यालय, वीरगंजसँग सम्झौता गरे अनुसार प्रदान गर्दै आएकामा सो कुरा पचाउन नसकेका बिचौलियाहरूले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।
बिचौलियाहरूले निश्शुल्क निरोगिताको प्रमाणपत्र प्रदान गर्दै आइरहेका डा पटेलमाथि दुव्र्यवहार गर्नुका साथै उनलाई निरोगिताको प्रमाणपत्र प्रदान नगर्न दबाब दिएको र जबरजस्ती राजीनामापत्रमा हस्ताक्षर गर्न लगाएका थिए ।
बिचौलियाहरूको दबाबमा डा पटेलले तत्काल राजीनामापत्रमा हस्ताक्षर गरे पनि घटनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दिएका छन् । यातायात व्यवस्था कार्यालय, नारायणी लाइसेन्समा यसअघि निरोगिताको प्रमाणपत्रको लागि सेवाग्राहीहरूले शुल्क तिर्नुपथ्र्यो । यसअघि निरोगिताको प्रमाणपत्रबापत दैनिक ५०–६० हजार रुपैयाँसम्म चिकित्सकको आम्दानी हुने गथ्र्यो । सो आम्दानीमा कार्यालय र केही बिचौलियाहरूको पनि भागीदारी हुन्थ्यो ।
यातायात व्यवस्था कार्यालय, नारायणी लाइसेन्स, वीरगंजमा निरोगिताको प्रमाणपत्रको लागि यसअघि निकै चलखेल र गुटबाजी हुँदै आएको थियो । सो कार्यालयमा सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र दिलाउन केही बिचौलियाहरूको बोलबाला छ । उनीहरूले नै नियोजित तरीकाले आजको घटना गराएको आरोप छ ।
पर्सा प्रहरीले यसअघि यातायात व्यवस्था कार्यालयका केही बिचौलियाहरूलाई पक्राउ गरेको थियो तर बिचौलियाहरूको ठूलो जञ्जाल रहेको यातायातबाट प्रहरीले बिचौलिया हटाउन सकेको छैन ।
सवारी चालक अनुमतिपत्रको लागि निरोगिताको प्रमाणपत्र, आवेदन फाराम, बायोमेट्रिक, लिखित तथा ट्र्याल परीक्षामा बिचौलियाहरूको हालीमुहाली छ ।