पर्सा लिगः युनाइटेड क्रिकेट क्लब विजयी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ८ फागुन/

नारायणी रङ्गशालामा जारी पर्सा लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा युनाइटेड क्रिकेट क्लब विजयी भएको छ ।

पहिले ब्याटिङ गर्दै युनाइटेडले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो । प्रतिउत्तरमा माउन्टेन हिल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११७ रनमा सीमित भयो । आजको खेलमा ५३ बलमा ६५ रन बनाएका युनाइटेडका सन्तोष कार्की ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।