भिजेको कपाल काइँयोले कोर्नुहुन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

कपालको हेरचाहको लागि पौष्टिक खाना र राम्रो स्याम्पू प्रयोग गर्दा मात्र हुँदैन । काइँयो कोर्ने तरीका पनि जान्नुपर्छ । कोहीकोही नुहाएपछि तुरून्तै कपालमा काइँयो प्रयोग गर्छन्, जसका कारण उनीहरूको थुप्रै कपाल झर्छ । विज्ञका अनुसार भिजेको कपाललाई कहिल्यै काइँयोले कोर्नुहुँदैन यसो गर्दा कपाल टुट्ने र झर्ने समस्या हुन्छ । त्यस्तै लामो समयसम्म कपालमा काइँयो प्रयोग नगर्दा चाया र कपाल झर्ने समस्या हुन्छ । काइँयोले कपाल कोर्दा खप्परमा रक्तसञ्चार राम्रो हुन्छ, जसले गर्दा कपाल मजबुत हुन्छ र बढ्छ ।

भिजेको कपालको जरा कमजोर हुन्छ, कपाल नसुकाइकन काइँयो प्रयोग गर्दा त्यसको जरामाथि तनाव पैदा हुन्छ जसले गर्दा कपाल कमजोर भएर टुट्छ र झर्छ । साथै कपालको कोमलता पनि हराउँछ । यसले फ्रिजिनेस र ड्राइनेसको समस्या उत्पन्न हुन्छ । यसैकारण कपाल सुकेपछि मात्र कोर्नुपर्छ ।

स्वस्थ कपालको लागि दिनमा दुईपटक काइँयो प्रयोग गर्नुपर्छ । कपाल धुनुभन्दा पहिले काइँयो प्रयोग गर्नु राम्रो विकल्प हो । यसबाट कपाल अल्झिंदैन । स्याम्पू प्रयोग गरेपछि कपाललाई खुला हावामा छाड्नुपर्छ तथा कपाललाई नरम बनाउने सिरम प्रयोग गर्नुपर्छ ।

कपालमा काइँयोको प्रयोग कहिल्यै जोडले गर्नुहुँदैन, बिस्तारैबिस्तारै कोर्नुपर्छ । कपाल कोर्ने समय कपाललाई दुई भागमा बाँडेर कोर्नुपर्छ । काइँयो मोटो दाँत भएको हुनुपर्छ । मसिनो दाँत भएको काइँयोले कपाललाई नोक्सान पुर्याउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।