फंक्शनल फूड भनेको के हो ?

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

संसारभरि खानपानको वस्तुमाथि लगातार परीक्षण भइरहेको छ । हालै अमेरिकाको रगटर्स स्कूल अफ एनभायरन्मेन्टल एन्ड बायोलोजिकल साइन्सका वैज्ञानिकले थ्रीडी प्रिन्टरको मदतबाट यस्तै प्रयोग गरेका छन् । उनीहरूले कम फैट भएको चकलेट प्रिन्ट गरेका छन्, जुन सामान्य चकलेटको तुलनामा निकै स्वस्थ छ ।

आजभोलि खानपानको रेसिपीमा बदलाव गरेर त्यसलाई बढी स्वस्थ बनाउने चलन बढेको छ । यस्तो खानेकुरालाई फंक्शनल फूड भनिन्छ । अनुसन्धानमा सामेल प्राध्यापक क्विङरोग हुआड्ढा अनुसार उनीहरूको टीमले लो–शुगर र शुगर–फ्रि चकलेटलाई थ्रीडी प्रिन्ट गर्नेबारे शोध गरिरहेका छन् ।

सामान्य चकलेट कोकोआ बटर, कोकोआ पाउडर, चिनी र कुनै इमल्सिफायरलाई मिसाएर बनाइन्छ । नयाँ चकलेटलाई थ्रीडी प्रिन्ट गर्नको लागि वैज्ञानिकले कैयौं रेसिपीमाथि परीक्षण गरे । जुन रेसिपीलाई फाइनल गरे, त्यसमा शुद्ध कोकोआ बटरको सट्टा बबूलको रूखको पायस (इमल्शन) प्रयोग गरिएको थियो । साथै यसको स्वादलाई उत्कृष्ट बनाउनको लागि गोल्डेन सिरपको साथ मिक्स गरे । यो सिरप उखुको रसबाट बनेको थियो ।

थ्रीडी प्रिन्टेड चकलेट बनाउँदा थुप्रै मापदण्ड ध्यानमा राखिएको थियो । वैज्ञानिकले चकलेटको फिजिकल क्यारेक्टर विश्लेषण गरे । प्रिन्टिड्ढो लागि सही लस्याइलोपना जाँच गरे । सही टेक्सचरको लागि चकलेटको बनावट र चिल्लोपनमाथि ध्यान दिइयो । अनुसन्धानकर्ताको भनाइ छ यो चकलेट कुनै पनि आकारमा बनाउन सकिन्छ ।

थ्रीडी प्रिन्टिड्ढो प्रोसेसमा एउटा फिजिकल अब्जेक्ट तयार गर्न पहिले डिजिटल मोडेल बनाइन्छ । यस चकलेटलाई प्रिन्ट गर्न वैज्ञानिकले प्रिन्टर र आकारको साथै मोबाइल फोनको लागि एप पनि बनाए । यस एपको माध्यमबाट तपाईं आफ्नो हिसाबले चकलेटलाई कस्टमाइज गर्न सक्नुहुन्छ । हुआङ भन्छन्–म सुन्तला, रातो खुर्सानी, चिया, प्याज, बेसार र अदुवाजस्ता स्वस्थ वस्तु प्रयोग गरेर अन्य वस्तु बचाउन चाहन्छु ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।