सिम्रौनगढ नपामा कर्मचारीको विषयलाई लिएर तनाव जारी, पूर्ववडाध्यक्षद्वारा नगरप्रमुख, उपप्रमुखसमेतको कोठामा तालाबन्दी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, २२ माघ/

सिम्रौनगढ नगरपालिकामा करार ज्यालादारी कर्मचारीको विषयलाई लिएर आइतवार पूर्ववडाध्यक्ष्F राजेश यादवले नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना र जिन्सी शाखामा तालाबन्दी गरेका छन् ।

सिम्रौनगढ नगर कार्यपालिकाको बैठक बसिरहेको बेलामा उनले पाँचवटा कोठामा तालाबन्दी गरेका थिए ।

सिम्रौनगढ नगरपालिकामा कार्यरत करार ज्यालादारी कर्मचारी सम्बन्धमा डेढ महीनादेखि विवाद रहँदै आएको छ ।

नगरपालिकामा करीब दुई सयजना करार ज्यालादारी कर्मचारी कार्यरत छन् । उनीहरूलाई हटाउनको लागि नगरपालिकाले दुई महीनादेखि प्रयास गरि रहेको छ ।

एक महीनाअघि बारा जिल्लाका तत्कालीन प्रजिअ कृष्णबहादुर कटुवालको रोहबरमा वडाध्यक्ष्F रामएकबालप्रसाद यादवको संयोजकत्वमा सुशासन समिति गठन भएको थियो ।

नगरपालिकामा कार्यरत करार ज्यालादारी कर्मचारीहरूको योग्यता, क्षमता, अध्ययन गरी उनीहरूको म्याद थप गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो ।

समितिका संयोजक यादवले दुई साताअघि दुई सयमध्ये १६३ जना कर्मचारीको म्याद थप गर्नुपर्ने भनी प्रतिवेदन बुझाएका थिए । तर नगरप्रमुख किशोरी कलवारले प्रतिवेदनलाई पाखा लगाउँदै आफू र उपप्रमुख नजमु शेहरको सहमतिमा कार्यपालिका सदस्यहरूसँग सहमति नगरेर ९३ जना ज्यालादारी र करार कर्मचारीहरूको मात्र म्याद थप गर्ने एक साताअघि सूचना प्रकाशित गरेका थिए ।

यो विषयलाई लिएर वडाध्यक्ष्Fहरू आक्रोशित भएका थिए । नगरपालिका अन्तर्गतको नगर अस्पतालमा कार्यरत ३० जना कर्मचारीमध्ये तीनजना स्थायी कर्मचारी छन् भने २७ जना करार ज्यालादारीमा छन् ।

यसैबीच, नगरप्रमुख किशोरी कलवारले बहिरङ्ग सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेपछि अस्पतालका कर्मचारीहरू सो सेवासमेत बन्द गरेर धर्नामा बसेका थिए ।

धर्नामा बसेका कर्मचारीहरूलाई वडाध्यक्षहरूले जिम्मेवारी लिएर यस विषयमा छलफल गर्ने आश्वासन दिएका थिए । सोहीअनुरूप कार्यपालिकाको बैठक आइतवार बसेको थियो । कर्मचारी व्यवस्थापन र म्याद थपबारे आज अबेरसम्म बसेको बैठक भोलि सोमवार बिहान १२ बजे बस्ने गरी टुङ्गिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस