सिम्रौनगढ नपामा कर्मचारीको विषयलाई लिएर तनाव जारी, पूर्ववडाध्यक्षद्वारा नगरप्रमुख, उपप्रमुखसमेतको कोठामा तालाबन्दी

प्रस, सिम्रौनगढ, २२ माघ/ सिम्रौनगढ नगरपालिकामा करार ज्यालादारी कर्मचारीको विषयलाई लिएर आइतवार पूर्ववडाध्यक्ष्F राजेश यादवले नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना र जिन्सी शाखामा तालाबन्दी गरेका छन् । सिम्रौनगढ नगर कार्यपालिकाको बैठक बसिरहेको बेलामा उनले पाँचवटा कोठामा तालाबन्दी गरेका थिए । सिम्रौनगढ नगरपालिकामा कार्यरत करार ज्यालादारी कर्मचारी सम्बन्धमा डेढ महीनादेखि विवाद रहँदै आएको छ । […]

वीरगंजमा महात्मा गाँधी रोडको पक्ष–विपक्षको जुहारी

प्रस, वीरगंज, २२ माघ/ वीरगंजको वडा नं १४ पिपरास्थित चिनीमिल आवास क्षेत्रदेखि बाइपास सडक जोड्ने लिङ्क रोडलाई महात्मा गाँधी रोड र लक्ष्मणवा पार्कलाई महात्मा गाँधी पार्क नामकरण गर्ने चर्चा चलेपछि यसका पक्षधर र विपक्षीले वीरगंजमा प्रदर्शन शुरू गरेका छन् । वीरगंज महानगरपालिका वडा नं १४ का अध्यक्ष, वडा नं १५ का पूर्ववडाध्यक्ष, नेपाली काङ्ग्रेसका नेता […]

किसानद्वारा भेडाहा खोलामा तटबन्ध निर्माणको विरोध

प्रस, परवानीपुर, २२ माघ/ वीरगंज महानगरपालिकाले करीब रु २४ करोडको लागतमा भेडाहा खोलामा निर्माण गरिरहेको तटबन्धको सोही क्षेत्रका किसानहरूले विरोध गरेका छन् । वीरगंज महानगरपालिका वडा नं २८, ३०, ३१ का सयौं किसानले आज वीरगंजमा तटबन्ध निर्माणको विरोधमा प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनसँगै वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापन बुझाउँदै यथाशीघ्र निर्माण […]

ठेकेदारको पार्टी खाएर फर्किंदा वन अधिकृतसहित पाँचजना घाइते

प्रस, परवानीपुर, २२ माघ/ पर्साको भेडाहा खोलाका ठेकेदारको पार्टी खाएर वीरगंजबाट बडनिहार फर्किने क्रममा सवारी दुर्घटनामा परी बडनिहार सबडिभिजन कार्यालयका वन अधिकृतसहित पाँचजना घाइते भएका छन् । रक्सी पिएर कारमा बडनिहार फर्किने क्रममा परवानीपुरमा कार पल्टिंदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा सर्लाही घर भएका बडनिहार सबडिभिजनका अधिकृत अनिल महतो, पर्सागढी–४ घर भएका सोही […]

वीरगंज–पथलैया रूटका यातायात व्यवसायीद्वारा प्रहरी प्रशासनमा ज्ञापन

प्रस, परवानीपुर, २२ माघ/ वीरगंज–पथलैया राजमार्ग क्षेत्रमा गुड्ने यातायात व्यवसायीहरूको समूहले आइतवार पर्साको प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । हलुका सवारीसाधन ईरिक्शा र अटो अवैधरूपमा सो क्षेत्रमा सञ्चालन भएपछि उनीहरूको व्यवसायमा मर्का परेको भन्दै रूट परमिटको आधारमा सवारीसाधन सञ्चालन गर्न गराउन यातायात तथा प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । सो […]

स्थापना दिवसमा प्रभातफेरी, फलफूल वितरण

प्रस, वीरगंज, २२ माघ/ प्रेस चौतारी नेपालको २५औं स्थापना दिवस आइतवार विभिन्न कार्यक्रमको आयोजना गरी मधेस प्रदेशमा मनाइएको छ । स्थापना दिवसको अवसरमा आज प्रेस चौतारी नेपाल, पर्साले प्रभातफेरी गरेको छ । घण्टाघरबाट निकालिएको प्रभातफेरी आदर्शनगर हुँदै नगरपरिक्रमा गरी पुनः घण्टाघरमा पुगेर समापन भएको थियो । प्रेस चौतारी, पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कोणसभामा […]

चिनियाँ ‘बेलुन’ समुद्रमा खसालियो

वाशिङ्टन, २२ माघ/एएफपी अमेरिकी बाइडेन प्रशासनले शनिवार अमेरिकी एटलान्टिक तटमा चिनियाँ ‘बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो कडा असन्तोष व्यक्त गर्दै आवश्यक प्रतिक्रिया दिन सक्ने बताएको छ । उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी […]

नेपाल टेलिकमको फाइभजी परीक्षण चरणमा

काठमाडौं, २२ माघ/रासस नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए । उनले फाइभजी प्रभावकारीरूपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे । जिएसएम प्रविधि अन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ […]

सीमामा डिजिटलाइज पोलिसिङ गर्छु– सप्रउ थपलिया

प्रस, वीरगंज, २२ माघ/ सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले सीमामा डिजिटलाइज पोलिसिड्ढो व्यवस्था र औद्योगिक सुरक्षा बलको स्थापनाका लागि पहल गर्ने बताएका छन् । पर्सा जिल्लामा सरुवा भई आएका सप्रउ थपलियाले आइतवार वीरगंज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा  विगतमा भएका गरेका राम्रा कार्यहरूमा अझ वृद्धि गर्ने, औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि […]