भिस्वामा तस्करी जोरबिजोरबाट

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

सुग्रीव साह, भिस्वा, २१ असार/

छिपहरमाई गाउँपालिकाको भिस्वा बजारमा जोर–बिजोर सवारीसाधनका नम्बरको आधारमा तस्करी शुरू भएको छ ।

सरकारले पेट्रोलियम पदार्थ बचत गर्न तथा कोरोनाकालमा यो नियम लागू गरे पनि अहिले भिस्वामा खटेका सशस्त्र र जनपद प्रहरीले तस्करहरूसँगको मिलेमतोमा सवारीसाधनमा जोरबिजोर नम्बर प्रयोग गरेर तस्करी गराइरहेका छन् ।

स्थानीय एकजना स्रोतले जनाए अनुसार अहिले भारतबाट आउने सामग्रीहरू खाद्यान्न, लत्ताकपडा र नेपालबाट जाने ढुङ्गा, गिट्टी, बालुवा र तेस्रो मुलुकका सामान मरीच, केराउ, छोहोडा आदि जोर–बिजोर नम्बरका सवारीसाधनबाट तस्करी भइरहेको छ । अहिले भिस्वामा पूर्ववत्रूपमा तस्करी भइरहेको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने क्रम रातिको समयमा हुने गरेकामा अहिले दिनदहाडै भइरहेको र स्थानीय सुरक्षाकर्मीहरू मूकदर्शक भएका छन् । मूकदर्शक हुनुको कारण आर्थिक प्रभाव हो ।

अहिले भिस्वा बजारमा नेपालबाट तस्करी भई जाने गिट्टी, बालुवाका ट्याक्टरहरू सहजै देख्न सकिन्छ भने भारतबाट तस्करी भई आएका सामानहरू पनि नेपालपट्टिका पसलहरूमा ट्याक्टरबाट अनलोड भइरहेको सहजै देख्न सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।