बलात्कारको घटना नियन्त्रण गर्न समाज अगाडि बढ्नुपर्छ –प्रजिअ
प्रस, वीरगंज, २१ असार/ पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पर्सा जिल्लामा बलात्कारका घटना नियन्त्रणका लागि समाज अगाडि बढ्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साको सहकार्यमा सम्यक सेन्टर प्रालिले आयोजना गरेको बलात्कारसम्बन्धी सचेतना कार्यक्रममा उनले पर्सा जिल्लामा चालू आवमा ५३ वटा बलात्कारका घटना भएको र त्यसमा आधाभन्दा बढी नाबालिका रहेको बताए । प्रजिअ ढकालले […]
२०७९ असार २२ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
भिस्वामा तस्करी जोरबिजोरबाट
सुग्रीव साह, भिस्वा, २१ असार/ छिपहरमाई गाउँपालिकाको भिस्वा बजारमा जोर–बिजोर सवारीसाधनका नम्बरको आधारमा तस्करी शुरू भएको छ । सरकारले पेट्रोलियम पदार्थ बचत गर्न तथा कोरोनाकालमा यो नियम लागू गरे पनि अहिले भिस्वामा खटेका सशस्त्र र जनपद प्रहरीले तस्करहरूसँगको मिलेमतोमा सवारीसाधनमा जोरबिजोर नम्बर प्रयोग गरेर तस्करी गराइरहेका छन् । स्थानीय एकजना स्रोतले जनाए अनुसार अहिले भारतबाट […]
आलुको बोराबाट ८३ लाख नगद बरामद
प्रस, वीरगंज, २१ असार/ सशस्त्र प्रहरी, धनुषाले स्रोत नखुलेको करीब साढे ८३ लाख रकमसहित मङ्गलवार दिउँसो सवा १ बजे दुईजना नेपालीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले धनुषा, जनकनन्दनी गाउँपालिका–५, उदाह निवासी ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल चढेको मोटरसाइकललाई सोही गापा–१ इनरुवा चेक प्वाइन्टको सीमा क्षेत्रमा […]
पर्सागढी महोत्सवमा दिनहुँ मारपिट
प्रस, बिरुवागुठी, २१ असार/ पर्सागढी नगरपालिका–३ बडनिहारमा जारी प्रथम पर्सागढी महोत्सवमा दिनहुँ झैंझगडा हुने गरेको छ । पर्सागढी युवा स्पोट्र्स क्लब, बडनिहारको आयोजना र लिग इन्टरटेनमेन्टको व्यवस्थापनमा सञ्चालित महोत्सव असार ३ देखि १५ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई सञ्चालन भएकोमा १५ गते वर्षाको कारण कार्यक्रम रोकिएपछि थप पाँच दिनको अनुमति लिई असार २२ गतेसम्म […]
घूसको रकमसहित शहरी विकास तथा भवन कार्यालयका नायबसुब्बा पक्राउ
प्रस, सेढवा, २१ असार/ शहरी विकास तथा भवन कार्यालय, पर्साका एकजना कर्मचारीलाई निजकै कार्यकक्षबाट प्रहरीले घूसको रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं २४ स्थायी घर भई सो कार्यालयका नायबसुब्बा सबइन्जिनीयरका रूपमा कार्यरत रूपेशकुमार दुबे रहेका छन् । डिभिजन वन कार्यालय, पर्साको चालू आर्थिक वर्षको योजना अन्तर्गत सबडिभिजन वन कार्यालय वसन्तपुर […]
दूतावासद्वारा दुईवटा एम्बुलेन्स हस्तान्तरण
प्रस, वीरगंज, २१ असार/ भारतको महावाणिज्य दूतावासले मङ्गलवार दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । ती दुई एम्बुलेन्स नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गत आइतवार १९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थाहरूलाई उपहारस्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्समध्येका हुन् । दुईमध्ये एक एम्बुलेन्स […]
क्योकुशिन कराँतेमा रोशना चौधरीले रजत ल्याइन्
प्रस, वीरगंज, २१ असार/ काठमाडौंमा सम्पन्न नेशनल शिन–क्योकुशिन जुनियर कराँते प्रतियोगितामा पर्सा जिल्लाकी रोशना चौधरीले रजतपदक ल्याएकी छन् । काठमाडौंको जडीबुटीमा भएको प्रतियोगितामा पर्सा जिल्लाबाट सहभागी चारजनामध्ये माउन्ट एभरेस्ट क्लब, पर्साबाट प्रतिनिधित्व गरेकी चौधरीले रजतपदक जितेकी हुन् । ४५ किलो तौल समूहमा उनले रजतपदक जितेको क्लबका प्रशिक्षक रवि कुमारले बताए ।
मानवीय सहायता उपलब्ध गराउन अपिल
जुबा, २१ असार/सिन्ह्वा सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरूरी परेको भन्दै सोका लागि अपिल गरेको हो । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ । अहिले दक्षिण […]
मुसाले टोकेपछि यी घातक रोग लाग्छ
कुकुर, सर्प, बिच्छीले टोकेपछि हामी तुरून्तै चिकित्सककहाँ पुग्छौं तर यदि मुसाले टोक्यो भने… ? एउटा अध्ययन अनुसार मुसाको टोकाइले पनि सङ्क्रमण हुन सक्छ र समयमा उपचार गराइएन भने गम्भीर समस्या भोग्नुपर्छ । मुसाले टोकेपछि थुप्रै प्रकारको ब्याक्टेरिया र भाइरस हाम्रो शरीरमा पुग्छ । रैट बाइटबाट गम्भीर रोग लाग्ने खतरा हुन्छ– जस्तै एलर्जिक रिएक्शन, हन्ट भाइरस […]