जाडो मौसममा हाम्रो शरीरको गोप्य अङ्ग वरपर घाउ, खटिरा, घमौरा, लुतो आउने गर्छ । सरसफाइमा ध्यान नदिंदा यस्ता समस्या हुने गर्छ । तसर्थ यस्तो समस्या भएपछि घरेलु उपायद्वारा मुक्ति पाउन सकिन्छ ।
तुलसीमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसले घाउ, खटिरा, लुतोलाई नष्ट गर्छ । तुलसीको पात पिसेर यसको लेप प्रभावित भागमा लगाएर ४० मिनेटपछि लेपलाई चीसो पानीले धुनुपर्छ ।
नीममा पनि एन्टिब्याक्टेरियल र एन्टिफङ्गल गुण हुन्छ । काखमा घाउ–खटिराको समस्या छ भने नीमको पात पिसेर यसको पेस्ट करीब २० मिनेटसम्म प्रभावित भागमा लगाएर सफा पानीले धुनुपर्छ ।
बेसारमा छालामा हुने घाउ–खटिरा निको गर्ने गुण हुन्छ । एन्टिबायोटिक र एन्टि इन्फ्लेमेटरीले भरिपूर्ण बेसार एक चमचा एक गिलास पानीमा मिसाएर घाउ–खटिरा सफा गर्नुपर्छ । यस्तो दिनमा दुईतीनपटक गर्नुपर्छ । घ्यूकुमारीको लेदो राति काखमा लगाएर बिहान नुहाउँदा घाउ–खटिरा निको गर्नुको साथै सो अङ्गलाई गोरो पनि पार्छ ।