तीन हजार वृक्षारोपण, १४० जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २३ पुस/ उद्योगपति मोतीलाल दुगडको ७५औं जन्मदिनको अवसरमा शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा रक्तदान तथा वृक्षारोपण कार्यक्रम भएको छ । एमभी दुगड ग्रुप, जीतपुरको आयोजनामा जीतपुरदेखि सिमरासम्म राजमार्गको दुवैतर्फ तीन हजारवटा बिरुवा रोपिएको बिक्री शाखा प्रमुख ऋषभ शर्माले बताए । यसैगरी, जन्मदिनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा छजना महिलासहित १४० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, […]

अमेरिकामा बसेका क्षत्रीको सहयोगमा मुसहरलाई न्यानो कपडा

प्रस, वीरगंज, २३ पुस/ पिस फर दलित फाउन्डेशन नेपाल प्रदेश २ को सहजीकरणमा सखुवाप्रसौनी गाउँपालिका–३ कौवावनकटैयाका ६० मुसहर घरपरिवारलाई न्यानो कपडा, कम्बल वितरण गरिएको छ । अमेरिकामा रहेका अमर क्षत्रीले उपलब्ध गराएको १ लाख ६७ हजार रकमबाट साठी घरपरिवारका सदस्यलाई कम्बल र ८० जना बालबालिकालाई टोपी, ज्याकेट, ट्राउजर उपलब्ध गराएको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए […]

प्रहरी र गाँजा तस्करबीच मोलमोलाइ काण्डका थप एकजना पक्राउ

जीतलाल श्रेष्ठ, निजगढ, २३ पुस/ छ महीनाअघि रतनपुरी अस्थायी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवले गाँजा तस्करसँग सात लाख रुपैयाँ मोल गरेर छाडेका चारजना अभियुक्तमध्ये थप एकजना पक्राउ परेका छन् । अटोधनी निजगढ नगरपालिका–१२ रामथलीका ५२ वर्षीय पाल्साङ तितुङलाई काठमाडौंबाट प्रहरीले प्रक्राउ गरेको हो । नेपाल प्रहरीको अपराध महाशाखा, काठमाडौंले काठमाडौंको बौद्ध […]

सङ्कटा र सातदोबाटोको खेल बराबर

काठमाडौं, २३ पुस/रासस शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रवारदेखि शुरू भएको आठौं चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले एक/एक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक/एक गोल गरेका थिए । सातदोबाटोका […]

फूटपाथमा जीवनयापन गर्ने तीनजनाको उद्धार

प्रस, वीरगंज, २३ पुस/ मानवसेवा आश्रमले बिहीवार बेलुका सडक फूटपाथमा जीवनयापन गर्ने तीनजनाको उद्धार गरेको छ । वीरगंजको घण्टाघर क्षेत्रबाट मानवसेवा आश्रम वीरगंजको टोलीले एकजना युवक, एक/एकजना वृद्धवृद्धा गरी तीनजनाको उद्धार गरेको सानु मानवसेवाले बताइन् । उनले बिहीवार बेलुकी अभियान शुरू गरी तीनजनाको उद्धार गरिएको बताइन् । यसअघि पुस २० गतेदेखि शुरू गरिएको यो अभियानमा […]

गाउँ मल पाएपछि किसानहरू दङ्ग

प्रस, सेढवा, २३ पुस/ जीराभवानी गाउँपालिका–२ सेढवाका किसान चन्द्रदेवदास थारू आफ्नै गाउँमा मल पाएपछि दङ्ग परेका छन् । बेलाबेलामा वर्षा हुँदा गहुँबालीमा सिंचाइ भएको र युरिया मल छर्ने बेलामा सहजै गाउँमा मल पाएपछि उनी दङ्ग परेका हुन् । कृषि ज्ञान केन्द्र, पर्साको सिफारिशमा कृषि सामग्री कम्पनीले प्रत्येक स्थानीय तहलाई खेतीयोग्य जमीनको क्षेत्रफलको हिसाबले मल वितरण […]

ई–रिक्शाचालक मुख्तार मृत फेला, हत्याको आशङ्का

प्रस, वीरगंज, २३ पुस/ वीरगंजमा ई–रिक्शा चलाउँदै आएका भारतीय मुख्तार मियाँ मृत अवस्थामा फेला परेका छन् । भारत, कोलकाता घर भई हाल वीरगंज–३ मा बस्दै आएका ४८ वर्षीय मुख्तार मियाँ वीरगंज–२३ इटियाहीस्थित कुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । मृतक मुख्तार मङ्गलवार साँझ ६ बजेदेखि […]

पाकिस्तानमा दुर्घटना, छजनाको मृत्यु, १७ जना घाइते

इस्लामाबाद, २३ पुस/सिन्ह्वा पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीवार राति भएको सडक दुर्घटनामा छजनाको मृत्यु हुनाका साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् । उक्त घटना सो प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको टेलरलाई भ्यानले ठक्कर दिंदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ । उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । […]

भारतमा ओमिक्रोनका सङ्क्रमित तीन हजार नाघ्यो

नयाँ दिल्ली, २३ पुस/एएनआई भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन्। हाल यहाँ तीन हजार सातजना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो […]

क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी –राष्ट्रपति बाइडेन

अमेरिका, २३ पुस/एएनआई अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन्। बिहीवार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सिटमा भएको आक्रमणको लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार भएको आरोप लगाएका छन् । बाइडेनले भने, “हाम्रो इतिहासमा पहिलोपटक […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।