पाकिस्तानमा दुर्घटना, छजनाको मृत्यु, १७ जना घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

इस्लामाबाद, २३ पुस/सिन्ह्वा

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीवार राति भएको सडक दुर्घटनामा छजनाको मृत्यु हुनाका साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् ।

उक्त घटना सो प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको टेलरलाई भ्यानले ठक्कर दिंदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।

उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए । घाइते र शवहरूलाई नजीकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।