नयाँ दिल्ली, २३ पुस/एएनआई
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन्।
हाल यहाँ तीन हजार सातजना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरूमा एक हजार १९९ जना भने कोरोनामुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ््ख्या तीन लाख ७१ हजार ३६३ रहेका छन् ।
गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जनाको कोरोना सङ्क्रमण निको भएकोले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ ।
सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
कोरोना शुरू भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजारभन्दा बढी मात्रा खोप लगाइएको जनाइएको छ । रासस