क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी –राष्ट्रपति बाइडेन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

अमेरिका, २३ पुस/एएनआई

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन्। बिहीवार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सिटमा भएको आक्रमणको लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार भएको आरोप लगाएका छन् ।

बाइडेनले भने, “हाम्रो इतिहासमा पहिलोपटक एक राष्ट्रपतिले चुनाव मात्र हारेका थिएनन् । उनले हिंसात्मक भीड क्यापिटलमा पुग्दा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण रोक्ने प्रयाससमेत गरे तर तिनीहरू असफल भए । यो सम्झनाको दिनमा हामीले यो सुनिश्चित गर्नुपर्दछ कि यस्तो आक्रमण कहिल्यै नदोहोरियोस् ।”

ट्रम्पको नाम नलिईकन बाइडेनले आक्रामकरूपमा ट्रम्पलाई त्यो दिन के भयो भनेर दोष लगाए। बाइडेनले पूर्वराष्ट्रपतिलाई २०२० को चुनावको वरिपरि ‘झूटको जाल’ बुनेको र अमेरिकी लोकतन्त्रमाथि आक्रमण अरू कुनै नेताले नगरेको बताए । “के साँचो र के झूटो भन्नेबारे हामी पूर्णरूपमा स्पष्ट हुनुपर्दछ,” बाइडेनले भने, “जसले सिद्धान्तभन्दा शक्तिलाई महŒव दिन्छ, आफ्नो देशको हितभन्दा आफ्नो स्वार्थ बढी महŒवपूर्ण छ भन्ने देख्छ । चोट लागेको अहङ्कार उसका लागि हाम्रो लोकतन्त्र वा हाम्रो संविधानभन्दा बढी महŒवपूर्ण छ । त्यस्ता व्यक्तिबाट यस्ता हर्कत हुन्छन् ।”

ट्रम्पविरुद्ध बाइडेनले कडा टिप्पणी गर्दै भने, “उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न, यद्यपि ९३ सिनेटर, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले भने, उहाँ हार्नुभयो । तर पनि उहाँ स्वीकार गर्नुहुन्न ।” रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।