प्रहरी सेटिङमा अमलेखगंज र झबराहाको घरेलु मदिरा वीरगंजसम्म
प्रस, परवानीपुर, २० कात्तिक/ वीरगंज–पथलैया–अमलेखगंज क्षेत्रका प्रहरीको सेटिङमा पर्साको झबराहा र अमलेखगंज क्षेत्रबाट अवैध घरेलु मदिरा वीरगंजसम्म आइपुग्ने गरेको छ। रातिको समयमा ट्रक, बस र ट्याङ्करमा प्लास्टिकको झोलामा पोका पारी बोराका बोरा अवैध मदिरा वीरगंजसम्म आउने गरेको ओसारपोसार गर्ने एक गिरोह स्रोतले बताएको छ। अमलेखगंजका २० र झबराहाका २० कारोबारीले अवैध मदिराको ओसारपोसार गर्ने गरेको […]
हाडनाता घटनामा चुकेका प्रनिलाई बारामा उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार
प्रस, परवानीपुर, २० कात्तिक/ जिल्ला प्रहरी कार्यालय बाराले गत असोज ३० गते ६५औं प्रहरी दिवसको अवसरमा हाडनाता करणी घटनाको अनुसन्धानमा चुकेका प्रहरी निरीक्षकलाई १ हजार नगद र कदरपत्रसहित सम्मानित गरेको थियो। इलाका प्रहरी कार्यालय, प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक ओमप्रकाश यादव सम्मानित भएका थिए। उनी जिल्लामा उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालबाट […]
२० वटा भैंसी बरामद
प्रस, सेढवा, २० कात्तिक/ जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, सेढवाको संयुक्त गस्ती टोलीले ठोरी गाउँपालिकाबाट २० वटा भैंसी बरामद गरेको छ। भारतबाट अवैधरूपमा भिœयाइएको २० वटा भैंसी बिहीवार बिहान २ बजे ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट अवैधरूपमा रातिपख भिœयाइएको भैंसी सूचनाको आधारमा बरामद भएको हो। बरामद भैंसी इलाका […]
धर्म र राष्ट्रियताको छायामा अर्थव्यवस्था
विश्वराज अधिकारीवर्तमान विश्वमा धर्म र राष्ट्रियताको राजनीतिमा व्यापक प्रयोग भइरहेको छ। महत्वाकाङ्क्षी नेताहरूले देशको शासन व्यवस्था आफ्नो हातमा लिन र सत्तामा लामो समयसम्म टिक्न धर्म र राजनीतिको चरम (कु) प्रयोग गरिरहेका छन्। जनताले भने सदाशयता (धार्मिक भावना)को नेताहरूले यसरी दुरुपयोग गरेको यथार्थ बुझेको छैन, उल्टो नेताबाट धर्म रक्षा भएको ठानेको छ र त्यस्तै नेता उपर […]
आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी
शीतल महतोविश्वभरि नै विदेशी मुद्रा आर्जनका प्रमुख तीन माध्यम हुन्छन्। ती हुन्– प्रत्यक्ष वैदेशिक लगानी, विप्रेषण र विदेशी अनुदान तथा ऋण। विकासोन्मुख देशमा आर्थिक–सामाजिक विकासका लागि पूँजीको अभाव हुने भएकोले विकासको पूर्वाधार खडा गर्न सरकारले चाहिंदो मात्रामा पूँजी लगानी गर्न सक्दैन भने अर्कोतिर निजी क्षेत्रले पनि आफूसँग भएको पूँजी विकास कार्यमा लगानी गर्न चाहँदैन। फलस्वरूप […]
ठोरीको कुरा
पर्साको सुदूरपश्चिमस्थित ठोरीको चर्चा बेलाबखत हुने गरेको छ। राणाकालीन श्री ३ हरू शिकार खेल्न ठोरी आइरहने र उनीहरूले तत्कालीन भारत सरकारका अङ्ग्रेज समकक्षीहरूलाई बोलाएर सँगै शिकार खेल्ने गरेको इतिहास छ। तिनताका विश्रामका लागि निर्माण भएको नेपालकै पहिलो आरसिसी भवन अहिले भिखनाठोरी भारततर्फ पर्छ। कुनै बेला यसको नजीकै पूर्वतर्फ शिकारीबास तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरको शिकार स्थल […]