प्रस, सेढवा, २० कात्तिक/
जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, सेढवाको संयुक्त गस्ती टोलीले ठोरी गाउँपालिकाबाट २० वटा भैंसी बरामद गरेको छ।
भारतबाट अवैधरूपमा भिœयाइएको २० वटा भैंसी बिहीवार बिहान २ बजे ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट अवैधरूपमा रातिपख भिœयाइएको भैंसी सूचनाको आधारमा बरामद भएको हो। बरामद भैंसी इलाका प्रहरी कार्यालय, सेढवामा राखिएको र वीरगंज भन्सार चलान गरिने जिप्रका, पर्साका प्रवक्ता प्रनाउ मनोजीत कुँवरले बताए।