सङ्क्रमित गर्भवती अस्पताल भर्ना

प्रस, वीरगंज, १२ असोज/
    वीरगंज–२४ रामगढवाकी २६ वर्षीया सङ्क्रमित गर्भवतीलाई सोमवार बिहान अस्पताल भर्ना गरिएको छ।
    प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो निर्देशनमा नारायणी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। नेशनल मेडिकल कलेज वीरगंजको अस्थायी कोभिड अस्पतालले भर्ना लिन नमानेपछि उनलाई एक दिन घरमैं अक्सिजन लगाएर होम आइसोलेशनमा राखिएको थियो।
    नौ महीनाको गर्भ भएको सङ्क्रमित महिलालाई कुनै अस्पतालले भर्ना गर्न नलिंदा घरमैं छटपटाइरहेको खबर सञ्चारमाध्यममा आएपछि आज अस्पताल भर्ना गरिएको हो। गर्भवती महिलाको अवस्था अहिले सामान्य छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top