प्रस, रौतहट, १२ असोज/
उखु उत्पादक सङ्घ रौतहटद्वारा गौर–चन्द्रनिगाहपुर सडकखण्डमा चक्काजाम गरिएको छ।
उखु उत्पादक सङ्घ तथा श्रीराम सुगर मिल्सका मजदूरहरूको माग पूरा गराउन चक्काजाम गरिएको हो। उखु उत्पादन गर्ने किसानको बक्यौता २५ करोड तथा मिल्सका मजदूरको बक्यौता २० करोड रुपैयाँ अविलम्ब भुक्तानीको माग गर्दै चक्काजाम गरिएको उखु उत्पादक सङ्घका उपाध्यक्ष प्रमोदप्रसाद यादवले बताए। किसान तथा मजदूरको बक्यौता रहुन्जेलसम्म मिल सञ्चालनमा ल्याउनसमेत माग गरेका छन्।
मिल बन्द गरेका कारण किसान तथा मजदूर झन् समस्यामा परेको उपाध्यक्ष यादवले बताए। गौर–चन्द्रनिगाहपुर सडकखण्डको बीच गरुडा श्रीराम सुगर मिल्सको मूलगेटअगाडि सयौं मजदूर तथा सङ्घका पदाधिकारीहरू चक्काजाम गरेका कारण यात्रीवाहक बससेवा सञ्चालन भएको छैन।