गौर बजारको अनुगमन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, ७ असोज/
    मङ्गलवार गौर बजारको अनुगमन भएको थियो।
    जिल्ला प्रशासन कार्यालय, रौतहटको नेतृत्वमा वाणिज्य कार्यालय वीरगंज, गौर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घको सम्मिलित टोलीद्वारा बजार अनुगमन गरिएको हो।
    बजारमा रहेका खाद्यान्न पसल, हल्का पेय पदार्थको अधिकृत विक्रेता र आलु–प्याजको होलसेल विक्रेताको पसल अनुगमन गरिएको थियो।
    मूल्य सूची राख्न, बिल–बिजक जारी गर्न, दर्ता प्रमाणपत्र सबैले देख्ने गरी झुन्ड्याउन, ढक–तराजुको समयमैं नवीकरण गर्नलगायत निर्देशन अनुगमनको क्रममा दिइएको थियो।
    मूल्यसूची तीन दिनभित्र र ढक–तराजुलगायत अन्य प्रमाणपत्र १५ दिनभित्र नवीकरण गराइसक्नुपर्ने निर्देशन दिएको सो टोलीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।