वैकल्पिक शिक्षाको लागि तथ्याङ्क सङ्कलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पर्सागढी, ५ भदौ/
    वीरगंज महानगरपालिका–३१ मा रहेको नेरामावि सोलखपुरका शिक्षकहरूले वैकल्पिक शिक्षाका लागि विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन शुरू गरेका छन्।
    कोरोना भाइरसको कारण विद्यालय बन्द भएको अवस्थामा अनलाइन, रेडियो, टिभी शिक्षाको लागि विद्यार्थीहरूको घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्न लागिएको शिक्षक यमबहादुर आचार्यले बताए। विद्यार्थीहरूको घरमा रेडियो, टिभी, मोबाइल सेवा भए, नभएबारे तथ्याङ्क सङ्कलन गर्ने र सोहीअनुरूप अध्यापनको व्यवस्था मिलाइने उनले बताए।
    विद्यार्थीहरूलाई घरमैं बसेर शिक्षा प्रदान गर्न महानगरपालिकाको शिक्षा महाशाखाबाट निर्देशन भए अनुरूप विद्यार्थीहरूको घरमा गएर तथ्याङ्क सङ्कलन कार्य शुरू भएको हो। शिक्षकशिक्षिकाहरू विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको घरमा गएर आजदेखि तथ्याङ्क सङ्कलनमा लागेका छन्।  

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।