वीरगंजमा होटल खुल्यो, ग्राहक आएनन्

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ५ भदौ/
    वीरगंज महानगरमा असोज १ गतेदेखि साना–ठूला होटल गरी पचास प्रतिशत होटल सञ्चालनमा आए पनि ग्राहकविहीन भएको होटल व्यवसायीहरूले बताएका छन्।
    महानगरमा रहेका साना–ठूला साठीवटा होटलमध्ये अहिले आधा होटल सञ्चालनमा छन्। तर ग्राहकको सङ्ख्या भने शून्य छ। सीमा सिल भएको र आन्तरिक पर्यटकहरू होटलमा बस्ने गरी आउने क्रम शुरू भइनसकेकोले सञ्चालनमा रहेका होटलहरू ग्राहकविहीन भएका हुन्। वीरगंजमा लड्र्स दियालो, कैलाश, पूजन, कन्ट्री इन, कुमुलगायतका होटलहरू सञ्चालनमा छन्। होटल भिस्वा र मकालु भने सीमा खुला भएपछि तथा आन्तरिक पर्यटकमा वृद्धि भएपछि सञ्चालन गर्ने तयारीमा छन्।
    यसैगरी, बसपार्कमा रहेका साना होटल तथा लजहरू पनि सञ्चालनमा छन्। बसपार्क क्ष्Fेत्रमा रहेका होटलहरूमा भने अहिले एकाध ग्राहक आउने गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।