प्रशासनद्वारा प्याजको मूल्य निर्धारण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ४ असोज/
    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको आइतवार सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको छ।
    बैठकले प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु. ७५ निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
    त्यसैगरी, प्रशासनले प्याजको मूल्य निर्धारण गरेकोले मूल्यभन्दा बढी कसैले बिक्री गरेको पाइएमा कानून बमोजिम कारबाई हुने जनाएको छ। कहींकतै प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।