स्थानीयवासी र प्रहरीबीच झडप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, ४ असोज/
    पटेर्वासुगौली गाउँपालिका–४ मा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।
    मकवानपुरको मनहरीबाट गाँजा ल्याई पटेर्वाटोलमा भण्डारण गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण टोली पुगेर स्थानीयको घरमा खानतलाशी गरेको थियो। स्थानीयले एउटा घरबाट अर्को घरमा गाँजा सार्न थालेपछि प्रहरीले रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो। प्रहरीको लाठीचार्जबाट केही महिला सामान्य घाइते भएका छन्।
    प्रहरीले सो ठाउँबाट दुईजना पुरुषलाई पक्राउ गरी अनुसन्धानका लागि लगेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    यस विषयमा पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले प्रहरीले ज्यादती गरेको बताइन्। उनले घर खानतलाशी गर्ने प्रहरीको तरीका नराम्रो भएकोले यसबारेमा सोमवार प्रहरी उपरीक्ष्Fक र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने बताइन्। गाँजा एक घरबाट अर्को घरमा स्थानीयले सारेपछि प्रहरी रित्तो हात फर्केको थियो।     

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।