आइतवारदेखि मालपोत कार्यालय खुल्ने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २ असोज/
    निषेधाज्ञा खुकुलो भएसँगै भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा असोज ४ गते आइतवारदेखि सञ्चालनमा आउने भएको छ।
    जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साको भदौ ३१ गते बसेको बैठकले नागरिकको स्वास्थ्यसम्बन्धी उच्च सतर्कता अपनाएर मात्र नियमित कामकारबाई सञ्चालन गर्न निर्णय गरे अनुसार असोज ४ गते आइतवारदेखि भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा सञ्चालन हुने निमित्त कार्यालय प्रमुख सुमनकुमार झाले बताए।
    असोज १ गते सूचना प्रकाशन गरेर भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा आइतवारदेखि सञ्चालनमा आउने उनले जानकारी गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।