सालको तीन थान गोलिया बरामद

0
511

बलिराम शुक्ला, बिरुवागुठी ३० भदौ/
    सबडिभिजन वन कार्यालय बडनिहारले सोमवार साँझ ३ थान सालको गोलिया बरामद गरेको छ।
    जमदार अर्जुन चौधरीको कमान्डमा खटेको वन गस्ती टोलीले पर्सागढी नगरपालिका–१ गुलरिया क्षेत्रमा पर्ने राष्ट्रिय वनबाट तस्करहरूले चोरी गरी तीनवटा साइकलमा ल्याउँदै गरेको तीन थान सालको गोलिया (२० क्युफिट) बरामद गरेको हो। वन गस्ती टोलीलाई देखेपछि तस्करहरू फरार भएको जमदार चौधरीले बताए।
    बरामद गोलिया र साइकल कारबाईको लागि सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here