४ महिलासहित ३२ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, २८ भदौ/
    वीरगंज महानगर–१५ मा रहेको भिस्वा युवा क्लबले आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका छन्।
    क्लबका अध्यक्ष उदयनारायण कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन सांसद प्रदीप यादवले गरेका थिए। वार्षिकोत्सवमा अजिता मरासैनी, रम्भा देवी, रेणुकुमारी सिंह, राधा बैठा, दिलीप साह, मुन्ना वर्णवाल, सन्दीप कुशवाहा, शिवशङ्कर पटेल, किशोरी साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।