काजक्रिया गर्न आर्थिक सहयोग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

माधव तिमल्सिना, ठोरी, २८ भदौ/
    सयपत्री बचत तथा ऋण सहकारी संस्था, विजयबस्तीले संस्थापक सदस्य हरिकुमार श्रेष्ठको निधन भएपछि उनका परिवारलाई आर्थिक सहयोग गरेको छ।
    संस्थाका सदस्य रामबहादुर श्रेष्ठले काजक्रिया खर्चबापत रु ४० हजार र बचत गरेको रु ८० हजार रकम श्रेष्ठकी आमा धनलक्ष्मी श्रेष्ठलाई हस्तान्तरण गरेको संस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले बताए।
    यसैगरी, भदौ २६ गते जीतपुर निवासी दुर्गा देवी र सेढवा निवासी रिङ्कुदेवी साहलाई सुत्केरी खर्चबापत रु ३/३ हजार सहयोग गरेको व्यवस्थापक सन्तोष श्रेष्ठले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।