प्रस, वीरगंज, २५ भदौ/
वीरगंज महानगरपालिका–१२ मुर्लीमा समाजसेवा समिति वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।
वीरगंज सिटी प्यालेसमा आयोजित रक्तदान कार्यक्रममा दीक्षा खड्का, रूपेश कुशवाहा, विक्की पटेल, राहुल यादव, इस्मन अन्सारी, राजकुमार श्रेष्ठ, दीपक सिंह, विनोद यादव, रूपेश मिश्र, असगर अलि, साजिद हवारीलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।