प्रस, वीरगंज, २३ भदौ/
वीरगंजमा थप एकजना सङ्क्रमितको उपचारको क्रममा मृत्युु भएको छ। बाराको महागढीमाई नगरपालिका–१० गंजभवानीपुरका ६० वर्षीय वृद्धको सोमवार राति १० बजे वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा मृत्युु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।
मधुमेह र पक्ष्Fघातका रोगी रहेका वृद्धलाई भदौ १३ गते सास फेर्न समस्या भएपछि नारायणी वयोधा अस्पतालमा भर्ना गरी पिसिआर परीक्षणको लागि नारायणी अस्पताल पिसिआर प्रयोगशालामा स्वाब पठाएकोमा भदौ १४ गते सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई वीरगंज हेल्थकेयरमा रेफर गरिएको थियो। उपचारको क्रममा सोमवार राति अक्सिजनको कमीले अचानक मुटुको चाल रोकिएपछि मृत्यु भएको थियो।