प्रहरी हस्तक्षेपको विरोधमा पर्सामा प्रदर्शन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, २२ भदौ/
    रातो मछिन्द्रनाथको रथ यात्रामा प्रहरी प्रशासनबाट गरिएको हस्तक्षेपको विरोधमा सोमवार पर्सामा प्रदर्शन गरिएको छ।
    दिउँसो साढे १२ बजेदेखि १ बजेसम्म पर्साको पकहामैनपुर गाउँपालिकामामा प्रदर्शन भएको हो। नेपाल विश्व हिन्दू महासङ्घ पर्साको अगुवाइमा पकहामैनपुर गाउँपालिकाको मधुबनी चोकमा प्रदर्शन गरिएको थियो। आधा घण्टा विरोध प्रदर्शनको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरी प्रदर्शन बिथोलेको नेपाल विश्व हिन्दू महासङ्घ केन्द्रीय सङ्गठन विभाग प्रमुख विजयप्रकाश निषादले बताए।
    विरोध प्रदर्शनमा नेपाल विश्व हिन्दू महासङ्घका सम्पूर्ण सदस्य नेवार समुदायको पक्षमा छौं, हिन्दूलाई पाखा यही हो तिम्रो नीति सरकार, हिन्दू एकता जिन्दाबाद, सनातन धर्म मास्न पाइँदैन जस्ता नाराहरू लगाइएको थियो।
    विरोध प्रदर्शनमा विन्देश्वर गिरी, जिल्ला सचिव ओमप्रकाश पाण्डेय, जिल्ला सदस्य खोभारी पटेल, मनोज पासवान र उमाशङ्कर साहलगायत सयजनाभन्दा बढी प्रदर्शनकारीको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।