भेडाहा पुल निर्माण भएको तीन वर्षमा पनि सञ्चालन भएन

नरेश यादव, पर्सागढी, २२ भदौ/    वीरगंज महानगरपालिका–२९ र ३१ मा रहेको भेडाहा खोलामा निर्मित पक्की पुल निर्माण भएदेखि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। सो पुल निर्माणका लागि आव २०७१/०७२ मा पप्पु र समा कन्स्ट्रक्शनले रु ७ करोड ७५ लाखमा ठेक्का लिएका थिए।    निर्धारित समयभन्दा तीन वर्ष ढिलो पुल निर्माण भएको हो। ४ सय मिटर लम्बाइ […]

चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको आरोप

प्रस, वीरगंज, २२ भदौ/    नारायणी अस्पतालमा चिकित्सकहरूको लापर्बाहीको कारण आइतवार राति एकजना युवकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।    सोमवार घटनाको छानबीनको माग राख्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङसँग पीडित परिवारजनले भेट गरी घटनाबारे जानकारी गराएका थिए।    बारा, कोल्हवी नगरपालिका–४ सपही निवासी २२ वर्षीय विक्रम चौधरीलाई श्वास फेर्न समस्या भएपछि नेशनल मेडिकल कलेजमा शनिवार राति […]

राहत वितरण नहुँदा कुहियो

प्रस, रौतहट, २२ भदौ/    प्रदेश सरकारबाट प्राप्त राहत बौधीमाई नगरपालिका–६ वडा कार्यालयले वितरण नगर्दा कुहिएको छ।    प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालय गौरमा पठाएको राहत सो कार्यालयले बौधीमाई नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले मातहतका वडा कार्यालयहरूमा पठाएको राहतमध्ये वडा नं. ६ मा वितरण गर्दा विवाद भएपछि वडामा थन्काएर राखिएको थियो। अतिविपन्न, विपन्न, गरीब, दलित, […]

नगरपालिकाको मापदण्ड पालना भएन

प्रस, पोखरिया, २२ भदौ/    भदौ १४ गतेदेखि खुला भएको पोखरिया बजार सञ्चालनको लागि नगरपालिकाले बनाएको मापदण्डको पालना भएको छैन।    जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १४ गतेदेखि निषेधाज्ञा हटाए पनि पोखरिया नगरपालिकाले केही मापदण्ड बनाएर जोर–बिजोर दिनमा पसल सञ्चालनको निर्देशन जारी गरेको थियो। निर्देशनको पालना एक दिन पनि भएन। पोखरिया नगरपालिकाले खाद्य, दूध, ग्यास, तरकारी, फलफूल […]

धानबालीमा विभिन्न रोगको प्रकोप

प्रस, पोखरिया, २२ भदौ/    बजियानका किसानहरू पनि धानमा बेक्टोरियल लिफ ब्लाइट, सित ब्लाइट, पातको डढुवा (सरनवा) ब्लास्ट रोगको समस्याबाट ग्रसित छन्।    पकाहामैनपुर, कालिकामाई,   छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका किसानहरू धानमा लाग्ने यी रोगहरूबाट आक्रान्त भएको पकाहामैनपुर गापा, धोरे निवासी किसान मनोज मेहताले बताए। उनले पात सुक्ने, रातो, पहेंलो, खैरो धर्को पातमा देखिने गरेको बताए।    अर्का […]

काठ नियन्त्रण गर्न खोज्दा झडप, प्रहरीसहित पाँचजना घाइते

प्रस, जनकपुर, २२ भदौ/    धनुषाको बटेश्वर गाउँँपालिका–५ मा प्रहरी र काठ ओसार्ने समूहबीच आइतवार राति झडप हुँदा दुई प्रहरी र तीनजना स्थानीयवासी घाइते भएका छन्।    काठ ओसारिरहेको सूचना पाएपछि आइतवार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक रायको नेतृत्वमा प्रहरी टोली खटेको थियो। प्रहरीले स.१त ६०४० नं.को ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको […]

प्रसौनीबिर्तामा राहत वितरण

प्रस, वीरगंज, २२ भदौ/    लायन्स क्लब अफ वीरगंज आदर्शनगरले वीरगंज महानगरपालिका–२३ प्रसौनीबिर्ताका अतिविपन्न २५ घरपरिवारलाई राहत वितरण गरेको छ।    लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष सञ्जय खेतानको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य लालबाबू यादव, स्थानीय प्रह्लाद गुप्ता गोंड, आरोहण साह, विक्रान्त नेपाललगायतले २५ जनालाई खाद्यान्न वितरण गरेका थिए। प्रतिपरिवार १५ किलो चामल, १ किलो दाल वितरण गरिएको […]

पटेर्वासुगौलीमा निजामती सेवा दिवस

प्रस, पंचगावाँ, २२ भदौ/    निजामती सेवा दिवस–२०७७ पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको कार्यालयमा मनाइएको छ।    ‘स्वच्छ, सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ नाराका साथ गापाको कार्यालयमा मनाइएको निजामती दिवसको अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले सहकर्मी कर्मचारीलाई नागरिकको सच्चा साथीको रूपमा काम गर्न सुझाव दिए। उनले सरकारको सेवक सबै निजामती कर्मचारीको भूमिका आम नागरिकप्रति इमानदार […]

मिर्गौलारोगी सङ्क्रमितको मृत्यु

प्रस, वीरगंज, २२ भदौ/    वीरगंजमा थप एकजना सङ्क्रमितको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार दिउँसो १ बजे वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा वीरगंज– ३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।    अचानक उनको श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार भदौ १५ गते नारायणी अस्पतालमा उपचार भइरहेको […]