तेजाब पीडितलाई आर्थिक सहयोग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, २१ भदौ/रासस
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाबपीडित बालिका मुस्कान खातुनलाई अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेका छन्। मन्त्री भट्टराईले बालिका र उनका बुबालाई कार्यकक्षमा आइतवार आमन्त्रण गरी सहयोग गरे।
    गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगंजमा बालिकामाथि दुर्ई युवाले तेजाब प्रहार गरेका थिए। त्यसबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। उनी कक्षा ९ मा अध्ययनरत छिन्। सो अवसरमा मन्त्री भट्टराई भने, “मलाई विश्वास छ, तपाईं भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला।”  
    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालिका खातुनलाई बालुवाटारमा आमन्त्रण गरी शिक्षाका लागि आवश्यक प्रबन्ध गरिने जानकारी दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।