गर्मीले जनजीवन प्रभावित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, २० भदौ/
    एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण ग्रामीण जनजीवन प्रभावित भएको छ। बिहानैदेखि चर्काे घाम लाग्ने तथा हावा नचलेपछि अत्यधिक गर्मी हुन थालेको हो। फलस्वरूप ग्रामीण बासिन्दाहरूले काम गर्न नसक्ने तथा मानिसहरूको आवागमन पनि कम भएको छ।
    अत्यधिक गर्मीका कारण विभिन्न रोगको प्रकोप पनि बढेको छ। गर्मीका कारण विशेषगरी ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्याहरू देखिन थालेका छन्। गर्मी बढेपछि नेपाल विद्युत् प्राधिकरण सबस्टेशन पोखरियाबाट छिनछिनमा विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण झनै पीडित भएका छन्।
    छिनछिनमा विद्युत् आउने–जाने गरेका कारण अत्यधिक गर्मीमा उकुसमुकुस हुनुपरेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।