पहिरो पीडितका लागि राहत सङ्कलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

माधव तिमल्सिना, ठोरी, १८ भदौ/
    ठोरी गाउँपालिका–४ मा गठन भएको राहत सङ्कलन समितिले रु ६ लाख ३४ हजार ५८८ सङ्कलन गरेको छ। सिन्धुपाल्चोकको जुगुल गाउँपालिकामा पहिरो पीडितहरूको लागि सो वडाका बासिन्दाले समिति गठन गरेर राहत सङ्कलन गरेको र सो बराबरको रकम सङ्कलन भएको समितिका संयोजक शिक्षक दलबहादुर स्याङ्बोले बताए।
    भदौ २ गते वडाध्यक्ष बईबहादुर तामाड्ढो अध्यक्ष्Fतामा बसेको वडावासीहरूको भेलाले सिन्धुपाल्चोकको जुगुल गापाका पहिलो पीडितलाई राहत सङ्कलन गर्ने निर्णय गरेको थियो। सङ्कलित राहत रकम घटनास्थलमा पुगेर पीडितहरूलाई हस्तान्तरण गरिने संयोजक स्याङ्बोले बताए। 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।