अवैध मदिरा नष्ट

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, पर्सागढी, १८ भदौ/
    पर्सागढी नगरपालिकामा १५० लिटर अवैध घरेलु मदिरा बरामद गरी सशस्त्र प्रहरीले नष्ट गरेको छ।
    सशस्त्र प्रहरीको सोलखपुर क्याम्पको टोलीले पर्सागढी नगरपालिका–३ झबराहाबाट वीरगंज लैजाने क्रममा बाटोमा १५० लिटर तयारी मदिरा बरामद गरेको र सरोकारवालाहरूको रोहबरमा नष्ट गरेको सशस्त्र प्रहरी नायब निरीक्ष्Fक अनन्त राईले बताए।
    पर्सागढी नपा–३ झबराहामा उत्पादित अवैध घरेलु मदिरा वीरगंजलगायत जीतपुर, मिलनचोक, लालपर्सा, जगरनाथपुर, सखुवाप्रसौनी, पटेर्वासुगौली र भारतसम्म पठाइन्छ। लकडाउन र निषेधाज्ञामा पनि अवैध घरेलु मदिरा उत्पादन रोकिएको छैन।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।