प्रस, वीरगंज, १८ भदौ/
वीरगंज जेसीजले सञ्चालन गरेको चुलो बाल्ने अभियान अन्तर्गत आजसम्म सवा दुई सय परिवारलाई सहयोग गरेको जेसीजका अध्यक्ष मुकेश सिंहले बताए।
उनले प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, आलु, एक किलो प्याज, आधा लिटर खानेतेल, एक/एक प्याकेट नून र सोयाबिन अतिविपन्न, विपन्न गरीब परिवारलाई वितरण गर्दै अFएको बताएका छन्।
भदौ १३ देखि २० गतेसम्म सञ्चालित यो अभियान अन्तर्गत करीब ३ सय परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष सिंहले बताए।
लकडाउन, निषेधाज्ञा बढेसँगै वीरगंज महानगरमा धेरैजसो परिवारलाई चुलो बाल्न समस्या भएपछि जेसीजले अभियान सञ्चालन गरेको हो। महानगरका सबै वडामा स्थानीयसँग सहकार्य गरेर टोलका ५ जनालाई सहयोग गर्दै आएको अध्यक्ष सिंहले बताए।